१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा



अ+ अ-

काठमाडौं । जेन–जी घटना जाँचबुझ आयोगले तीन जना उच्च पदस्थ अधिकारीमाथि लगाइएको विदेश भ्रमण तथा स्थान हदको रोक फुकुवा गरेको छ।

आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई लगाइएको प्रतिबन्ध सोमबार फुकुवा गर्ने निर्णय गरेको हो।

आयोगद्वारा जारी विज्ञप्तिमा आयोगको स्वीकृतिविना विदेश भ्रमण गर्न नपाउने र काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था हटाइएको उल्लेख गरिएको छ।

भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ तथा छानबिनका क्रममा अनुसन्धान प्रयोजनका लागि भन्दै आयोगले यसअघि उनीहरू तीनैजनामाथि विदेश भ्रमणमा रोक लगाएको थियो भने स्थान हद पनि तोकेको थियो।

आयोगका अनुसार तीनै जनासँग आवश्यक बयान लिइसकिएको र प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा भइसकेपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरिएको हो।

Screenshot