काठमाडौं । निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा अडियो टेप प्रकरणमा नेपालस्थित स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ । मन्त्री बास्कोटाले ‘स्वीस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियो कुराकानीबारे नेपाल दूताबासले विहीबार एक विज्ञाप्ती जारी गर्दै चासो देखाएको हो ।
दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’
प्रेस वक्तव्यमा अगाडि भनिएको छ, ‘स्विस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’
निवर्तमान मन्त्री बास्कोटासँग भएको अडियो कुराकानीमा एजेन्ट विजय मिश्रले दूताबासको नाम मुछिएपछि वक्तव्यमार्फत एम्बेसीले खण्डन गरेको हो । दूताबासले सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारको खण्डन गर्दै यस्तो बताएको हो ।
हेर्नुहोस् विज्ञप्ति