११ असार २०८३, बिहीबार
,
Latest
कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली भन्छन्- ‘भ्रष्टाचार गर्ने छुट कसैलाई छैन’



अ+ अ-

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्वीर

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सापकोटाले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताउनुभयो । जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटका लागि नभएको उल्लेख गर्दै ओलीले भन्नुभयो, ‘हामी यस्तो प्रणाली भित्र छौँ कि कहाँ कसरी शासक शासनमा गयो । जनप्रतिनिधिलाई पु¥यायो भने रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटिङ फेसिलिटी लिएको होइन ।’

ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधान नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भन्नुभयो, ‘मलाई त्यसको चिन्ता छैन । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन ।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताउनुभयो ।

विवादकाे घेरामा सापकाेटाकाे पुस्तक

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालकाे कार्यकाल समाप्त हुन लागेकाले नेपाल सरकारले चाँडै नयाँ गभर्नरकाे नियुक्ति गर्दैछ । हाल डेपुटी गभर्नरका रूपमा बैंकमा डा चिन्तामणी सापकाेटा र शिवराज श्रेष्ठ रहेका छन् । पछिल्लाे समय शिवराज श्रेष्ठ विभिन्न बैंकिङ विवादमा तानिएकाे अवस्थामा सापकाेटाले नयाँ पुस्तक लेखेर प्रधानमन्त्रीबाटै विमाेचन गराएका छन् । गभर्नरकाे छनाैटकै पूर्वसन्ध्यामा पुस्तक विमाेचन गराउन सफल भएकाे भन्दै भावी गभर्नरमा सापकाेटा नै नियुक्त हुने सम्भावना रहेकाे बताइन्छ । उनलाइ अर्थमन्त्री डा युवराज खतिवडाकाे पनि समर्थन रहेकाे बताइन्छ ।