२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिश्रले खुलाए बाँस्कोटासंगको पुर्ण संवाद…



अ+ अ-

को हुन अडियो रेकर्ड गर्ने विजय मिश्र ?

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् । उनले सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि पछि मन्त्री कमिसनको लोभमा अन्यत्र लागेको बताएका छन् ।

मिश्रले खुलाएका विषयहरु:

मिश्रले आफ्नो काम यस्ताहरुलाई अदालतमा उभ्याउने मात्र रहेको बताएका छन् ।  । उनले भने ‘जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।’ मिश्रले आफुसंग भिडियो पनि रहेको बताएका छन् तर भिडियोमा बाँस्कोटाको अनुहार प्रष्ट नदेखिएका कारण उनले अडियो मात्र पठाएको पनि बताएका छन् ।

यसबैबिच उक्त अडियो मिश्रले दुई माहनाअघि नै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष समेत पुर्याएको भएपनि प्रधानमन्त्रीबाट कुनै चासो नदेखाईएको कुरा खुलाए । त्यतीमात्र हैन बाँस्कोटाले आफ्नो भागमा ५५/६० करोड मात्र आउने भएपछि २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त समेत भनेका कुरा मिश्रले बताए ।

‘बाँस्कोटाले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन्’  मिश्रले भने । मिश्रले यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई/तीन जना कर्मचारीहरुको हात रहेको पनि बताएका छन् । कान्तिपुर