१६ श्रावण २०८३, शनिबार
,
Latest
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु रुइला र ङुइला नाका खुलेपछि स्थानीय हर्षित घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा



अ+ अ-

सुनसरी। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी प्रदेश अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजकले आज धरानमा पत्रकार सम्मेलनमार्फत यही पुस ९ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताको सातौँ संस्करण सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

डिआइजिपी कप २०५८ सालदेखि सञ्चालन हुँदै आएको भए पनि छैटौँ संस्करणपछि रोकिएको थियो । सो प्रतियोगिता यस वर्ष पुन आयोजना गरिएको प्रतियोगिता संयोजक प्रहरी निरीक्षक सुरेशकुमार हायूले बताउनुभयो । उहाँले भन्नुभयो, “मित्रताको लागि निष्पक्ष खेल, भन्ने नारासहित विद्यालय तहबाटै खेलकुदको प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगितालाई पुनः सञ्चालन गर्न लागिएको हो ।”

यस वर्ष प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालय टोली सहभागी हुनेछन् । प्रतियोगिताको सम्पूर्ण खेल नेपाल प्रहरी विद्यालय धरानको फुटबल मैदानमा सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहभित्रका, कक्षा १० सम्म अध्ययनरत तथा एन्फाको कुनै पनि लिगमा सहभागी नभएका विद्यार्थी खेलाडी मात्र भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले रु ८१ हजार पाँच, उपविजेताले रु ४१ हजार पाँच नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी, गोलकिपर, मिडफिल्डर, डिफेन्डर, हाई स्कोरर, राइजिङ प्लेयर तथा कोचलाई जनही रु दुई हजार ५००, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले रु एक हजार पाँच, मेडल र प्रमाणपत्र पाउने छन् भने, विजेता खेलाडीलाई कक्षा ११ मा ५० प्रतिशत छात्रवृत्तिसमेत उपलब्ध गराइने संयोजक हायुले जानकारी दिनुभयो । रासस