११ असार २०८३, बिहीबार
,
Latest
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोरी टाँगेर सहयोग माग्दै गरेका बालकको मृत्यु



अ+ अ-

दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले आज ११ः३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो ।

ठक्कर दिँदा उनकोे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका बालबालिकाको समूहलाई बसले डोरीसहित लतार्दा पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालय आएको प्रहरीले जनाएको छ ।