२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय



अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट हिजो आज राम्रो आम्दानी गर्न थाल्नुभएको छ । उहाँले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गर्नुभएको हो ।

कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उहाँले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धान्नुभएको छ । उहाँ एक हातको अपाङ्गता भएकी महिला पनि हुनुहुन्छ । वर्षांै पहिले दुर्घटनामा पर्दा उहाँको दाँहिने हात काटिएको छ । एक वर्ष पहिले अपाङ्ग सेवा सङ्घ सिलगढीले रु १० हजारका उन्नत जातका कुखुराका चल्ला र रु १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उहाँले बताउनुभयो ।

हिजो आज कुखुरा किन्ने उहाँकै फार्ममा पुग्ने गरेका उहाँले जानकारी दिनुभयो । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उहाँले बताउनुभयो । उहाँले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आउनुभएको छ । उक्त व्यवसायबाट मासिक रु १५ देखि रु २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उहाँले बताउनुभयो । कुखुरा व्यवसायको आम्दानीबाट उहाँ अहिले निकै खुशी र सुखी जीवन जिउँदै हुनुहुन्छ ।

उहाँको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । अपाङ्ग सेवा सङ्घले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जनका लागि भन्दै सिलाइ मेसिन, कुखुरापालन व्यवसाय, बाख्रापालन व्यवसाय तथा घुम्ती कोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घकी कार्यक्रम संयोजक सीता राइमाझीले बताउनुभयो ।

जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो वर्ष पनि आर्थिक सहयोग दिने तयारी भई प्रस्ताव माग गरिएको कार्यक्रम संयोजक राइमाझीले बताउनुभयो । अपाङ्ग सेवा सङ्घले जीविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग गर्न थालेपछि यहाँका अपाङ्गता भएका व्यक्ति तथा परिवार निकै खुशी भएका छन् ।