५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड



अ+ अ-

लुम्बिनी। प्रेस काउन्सिल नेपालले पत्रकार आचारसहिंता उलङ्घनका घटना बढदै गएका भन्दै पत्रकारलाई आचारसिंहता पूण रूपले पालना गर्न जोड दिइएको छ ।

पत्रकारले आफ्नो पेसा मर्यादित र व्यवस्थित बनाउनका लागि पनि आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड दिइएको हो ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा पे्रस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले महासङ्घको सहभागितामा बनेको पत्रकार आचारसहिंता पत्रकारले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकाािरता स्वच्छ, निष्पक्ष र मर्यादित हुनुपर्ने बताउँदै उहाँले यो पेसाको मर्यादालाई उचो राख्नुपर्ने उल्लेख गर्नुभयो ।

काउन्सिलका सदस्य शान्ताराम विडारीले पत्रकारिता क्षेत्रमा चुनौती बढेकाले आचारसिंहता पालनामा कडाइ गरिएको बताउनुभयो । काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहोराले आचारसहिंता उलङ्घनका २८० वटा उजुरी काउन्सिलमा दर्ता भएका जानकारी गराउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आचारसहिंता उलङ्घनका घटना बढ्दै गएका बताउँदै आचारसहिंता उलङ्घन गर्नेलाई गल्ती सच्चाएर आफ्नो पेसाप्रति जवाफदेही भएर काम गर्न सुझाव दिनुभयो ।

पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष डा बालकृष्ण चापागाईंले पत्रकारिता पेसा सङ्कटमा परेको बताउँदै यो पेसालाई मर्यादित र समाजमा सकारात्मक परिवर्तन ल्याउने बनाउनुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकार आचारसहिंता उलङ्घन गर्नेलाई निरुत्साहित गर्नुपर्ने बताउँदै गल्ती गर्नेलाई छुट दिन नहुने धारणा राख्नुभयो ।

पत्रकार महासङ्घ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डलेले पत्रकार आचारसंहिता पालना गर्नु सबै पत्रकारको पहिलो कर्तव्य भएको बताउनुभयो । उहाँले पत्रकारले आचारसंहिता पालना गर्दा समाजमा सही सूचना पुग्ने र सकारात्मक परिवर्तन आउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, प्रगतिशील पत्रकार सङ्घ नेपालका अध्यक्ष श्यामलाल पोखरेललगायतले पत्रकारिता पेसालाई मर्यादित बनाउनुपर्ने बताउँदै पत्रकार आचासहिंता कार्यान्वयवनमा पे्रस काउन्सिल नेपाल र पत्रकार महासङ्घले जोड दिनुपर्ने सुझाव दिनुभएको थियो ।