१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह



अ+ अ-

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मङ्सिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।

उदयपुरको बेलका नगरपालिका—३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।

निजका दाई सलिन राईले खोजीका लागि मङ्सिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गर्नुभएको हो ।

“मेरो भाई पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ”, राईले भन्नुभयो,“हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नं ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।” रासस