३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट



अ+ अ-

काठमाडौँ । जेन–जी प्रतिनिधि लेनिन बिष्टले सरकारका क्रियाकलाप जेन–जी आन्दोलन र त्यसले उठाएका मुद्दाको पक्षमा नरहेको आरोप लगाउनुभएको छ ।

बिहीवार ‘जेनजी आन्दोलनको एकसय दिनः उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले जेन–जी आन्दोलनभित्र ३०–४० वटा समूह रहेको उल्लेख गर्दै सबैलाई समेट्न नसकिएको स्वीकार समेत गर्नुभयो । उहाँले आन्दोलनलाई लिएर केही समूहलाई सडकपक्ष र केहीलाई सरकारपक्ष भनेर आरोप लगाइने गरेको भन्दै सडकपक्षका जेन–जी युवा पुस्ताल अझै न्याय पाउन नसकेको समेत बताउनु भयो । उहाँले  सरकारको मन्त्रिपरिषद् गठन, नियुक्ति प्रक्रिया र सरकारका गतिविधि क्रान्तिकारी नभएको समेत आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी जेन–नीकै ३०, ४० वटा समूहहरु छौँ । हामीले सबैलाई समेट्न त सकेका छैनौँ । अहिले हामीलाई केही सडकपक्ष केही सरकारपक्ष भनेर आरोप पनि लाग्ने गरेको छ । यहाँको उपस्थिति हेर्दा चाहीँ सडकपक्षले नै एक सय दिन मनाएको जस्तो छ । सरकारपक्षले राम्रो गर्यो पनि भन्ला तर मन्त्रिपरिषद् गठन र नियुक्ति र उहाँहरुका क्रियाकलाप चाँही क्रान्तीकारी पक्षमा छैन । सरकारको क्रियाकलाप जेनजीको पक्षमा छैन । जेनजीले उठाएको मुद्दाको पक्षमा छैन ।’

उहाँले अहिलेको जटिल राजनीतिक परिस्थितिलाई हल गर्न विभिन्न विकल्प प्रश्तुत गर्दै निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको समेत बताउनु भयो ।