१३ भाद्र २०८३, शनिबार
,
Latest
शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी



अ+ अ-

काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्टले सर्वाधिक मत प्राप्त गरेका छन् ।

२२ सय २७ मत खसेकोमा भट्टले सबैभन्दा धेरै १४ सय ५२ मत पाएका हुन् ।

यस्तै, रघुवीर महासेठले १३ सय ६८ र योगेश भट्टराईले १३ सय ४८ मत पाएर जिते । भट्टराई ईश्वर प्यानलबाट विजयी भएका हुन् भने भट्ट र महासेठ ओली प्यानलका हुन् ।

यस्तै, चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत पाउदा आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए ।