काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्टले सर्वाधिक मत प्राप्त गरेका छन् ।
२२ सय २७ मत खसेकोमा भट्टले सबैभन्दा धेरै १४ सय ५२ मत पाएका हुन् ।
यस्तै, रघुवीर महासेठले १३ सय ६८ र योगेश भट्टराईले १३ सय ४८ मत पाएर जिते । भट्टराई ईश्वर प्यानलबाट विजयी भएका हुन् भने भट्ट र महासेठ ओली प्यानलका हुन् ।
यस्तै, चौथो स्थानमा रहेका विष्णु रिमालले १ हजार ९१ मत पाउदा आनन्द पोख्रेल ६३५, वैजनाथ चौधरी ५१७ र राजेन्द्र गौतम २७० मत पाए ।










