२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना पाइप विस्थापित हुने



अ+ अ-

काठमाडौं । काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ ।

हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

उहाँका अनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ । सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको छ । उहाँले भन्नुभयो, “ती पाइप निकाल्दा खर्च लाग्ने र सडक भत्कने हुँदा त्यसै छाडिनेछ ।” मेलम्चीको पहिलो चरणमा मेलम्चीबाट आउने झण्डै १७ करोड र उपत्यकामा हाल केयुकेएलले वितरण गरिरहेको झण्डै चार÷पाँच करोड गरी नयाँ बनेका पाइपबाट दैनिक झण्डै २४ देखि २५ करोड लिटर पानी वितरण हुने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिनुभयो ।

निर्देशनालयले बिच्छ्याएका पाइपमा उपत्यकाकै स्रोतबाट पानी हालेर परीक्षण भइरहेको छ । मेलम्चीकै पानी हालेर परीक्षण भने गर्न बाँकी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशनालयले मेलम्चीको पानी हालेर पाइपको अवस्था, चुहावट लगायतका बारेमा बुुझिनेछ ।” निर्देशनालयले हाल निर्माण गरिरहेका संरचना सम्पन्न भएपछि केयुकेएललाई नै हस्तान्तरण गर्नेछ । केयुकेएलले हाल वितरण गरिरहेको पानी र मेलम्चीबाट थप हुने पानी वितरणका लागि आवश्यक तयारी अघि बढाइरहेको छ ।