१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

प्रधानमन्त्री ओलीद्धारा सुकेपोखरी ढुंगेसाँघु सडक कालोपत्रेको शिलान्यास

प्रधानमन्त्री ओलीद्धारा सुकेपोखरी ढुंगेसाँघु सडक कालोपत्रेको शिलान्यास
अ अ+ अ-

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गर्नुभएको छ । मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको आइतबार सिलान्यास गर्नु भएको हो ।

शिलान्यसपछि स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउने बताउनु भयो । उहाँले भन्नु भयो ‘यो ६५ किलो मिटर सडक बनेपछि सहरमात्र होइन गाउँ पनि विकास हुन्छ । त्यसैले समृद्धि ल्याउँछ ।’ उहाँले विकास र समृद्धिको युग शुरू भइसकेकाले अविकसित नेपाल अब इतिहासमा मात्रै सीमित राख्न सबै नेपाली लाग्न आग्रह समेत गर्नु भयो ।

मध्यपहाडी लोकमार्गको सुकेपोखरी, छातेढुंगा, भदौरे, ह्वाकु, चोकपुर हुँदै ढुंगेसाँघु जोड्ने यो सडकको लम्बाई ६५ किलोमिटर रहेको छ । पोखरी मावि, प्रणामी मावि, आधारभूत भानु इवा, भदौरे खण्ड ९ किलोमिटर पहिलो चरणमा कालोपत्रे गर्न लागिएको हो । यसका लागि ३१ करोड ५० लाख बजेट विनियोजन भएको छ । क्रमागत योजना अन्तर्गत सडक डिभिजनले निर्माण गरिरहेको उक्त सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आइतबार नै आफ्नो ६९ औँ जन्मोत्सव जन्मघर इवा पुगेर मनाउनु भएको छ । जन्मोत्सव मनाउँन उहाँसंगै उहाँका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपा संसदीयदलका उपनेता सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधर राई लगायत ठूलो संख्यामा सर्वसाधारण ओली जन्मस्थल पुगेका थिए ।