२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्धारा सुकेपोखरी ढुंगेसाँघु सडक कालोपत्रेको शिलान्यास



अ+ अ-

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको सुकपोखरीदेखि मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडक कालोपत्रेको शिलान्यास गर्नुभएको छ । मध्यपहाडी लोकमार्गको तेह्रथुम सुकेपाखेरी खण्डदेखि मदन भण्डारी मार्गको ढुंगेसाँघु खण्ड जोड्ने सडकको आइतबार सिलान्यास गर्नु भएको हो ।

शिलान्यसपछि स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वाधार विकासले गाउँगाउँमा समृद्धि ल्याउने बताउनु भयो । उहाँले भन्नु भयो ‘यो ६५ किलो मिटर सडक बनेपछि सहरमात्र होइन गाउँ पनि विकास हुन्छ । त्यसैले समृद्धि ल्याउँछ ।’ उहाँले विकास र समृद्धिको युग शुरू भइसकेकाले अविकसित नेपाल अब इतिहासमा मात्रै सीमित राख्न सबै नेपाली लाग्न आग्रह समेत गर्नु भयो ।

मध्यपहाडी लोकमार्गको सुकेपोखरी, छातेढुंगा, भदौरे, ह्वाकु, चोकपुर हुँदै ढुंगेसाँघु जोड्ने यो सडकको लम्बाई ६५ किलोमिटर रहेको छ । पोखरी मावि, प्रणामी मावि, आधारभूत भानु इवा, भदौरे खण्ड ९ किलोमिटर पहिलो चरणमा कालोपत्रे गर्न लागिएको हो । यसका लागि ३१ करोड ५० लाख बजेट विनियोजन भएको छ । क्रमागत योजना अन्तर्गत सडक डिभिजनले निर्माण गरिरहेको उक्त सडकको कालोपत्रेका लागि टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले बताउनु भयो ।

प्रधानमन्त्री ओलीले आइतबार नै आफ्नो ६९ औँ जन्मोत्सव जन्मघर इवा पुगेर मनाउनु भएको छ । जन्मोत्सव मनाउँन उहाँसंगै उहाँका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, नेकपा संसदीयदलका उपनेता सुवासचन्द्र नेम्बाङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधर राई लगायत ठूलो संख्यामा सर्वसाधारण ओली जन्मस्थल पुगेका थिए ।