१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो : थापा

एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो : थापा
अ अ+ अ-

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आउनुभएका उहाँले आज पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसिसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले एमसिसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताउनुभयो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उहाँको भनाइ छ ।

उहाँले एमसिसीमा नेकपाले द्वैध चरित्र देखाएको आरोप लगाउनुभयो । “एमसिसी अहिलेको अवस्थासम्म आइपुग्नलाई कांग्रेस, तत्कालीन एमाले र माओवादी पार्टी उत्तिकै जिम्मेवार छन्, उहाँहरुले सम्झौताको खाका तयार गर्नुभयो, सम्झौता पनि उहाँहरुले नै गरेको हो”, पूर्वगृह तथा परराष्ट्रमन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले भन्नुभयो, “अहिले नेकपाभित्रको झगडाले यसबारे विभिन्न भ्रमहरु पैदा गरिएको छ, धेरै बहस र चर्चाको विषय बनाइएको छ ।”

उहाँले एमसिसीलाई अन्तिम रूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालकै पालामा भएको प्रस्ट पार्नुभयो । एमसिसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अराजक मनस्थिति प्रदर्शन गरेको बताउँदै उहाँले भन्नुभयो, “एमसिसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्र हितमा लागू गर्नुको विकल्प छैन ।”

अध्यक्ष थापाले नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि संविधान संशोधन गर्ने नै भए राजसंस्थासहितको हिन्दू राष्ट्र हुनुपर्ने जनताको चाहनालाई सम्बोधन गरौँ, यो हाम्रो पार्टीको मात्र नभई ८० प्रतिशत जनताको चाहना हो ।” उहाँले वर्तमान सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी र विदेशी प्रभाव रोक्न नसकेको टिप्पणी गर्नुभयो ।

त्यस्तै राप्रपा (संयुक्त) सँग पार्टी एकताका लागि ढोका खुलै रहेको उहाँले बताउनुभयो । अध्यक्ष थापाले नेकपा र काँगे्रस सिद्धान्तविहीन भएकाले राप्रपा आफ्नो नेतृत्वमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने अभियानमा जुटेको धारणा राख्नुभयो ।