२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिइभिटीले पुरानो परिचय बदलेर अगाडी बढ्नुपर्छ : मन्त्री पोखरेल



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिनुभएको छ ।

सिटिइभिटीको ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिनुभएको हो । सिटिइभिटीको गति बदल्दै शिक्षक उत्पादन, प्रयोगशाला निर्माण र सीप परीक्षण लगायतका कुरामा नयाँ ढंगले सोच्न निर्देशन दिनुभयो । सिटिइभिटी जागिर खुवाउने ठाउँ नभएर सीप र चरित्र सिकाउने ठाउँ भएको उहाँले बताउनुभयो । सिटिइभिटीको पुरानो परिचय बदलेर अगाडी बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले त्यसका आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपालाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता औल्याउनुभयो । सिटिइभिटी उच्चस्तरिय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उहाँले सधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताउनुभयो ।

सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गर्नुभएको थियो ।