१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

तीन महिनादेखि नगरपालिकाको काम ठप्प

तीन महिनादेखि नगरपालिकाको काम ठप्प
अ अ+ अ-

सन्निउल्ला धोबी,कपिलवस्तु । विगत तीन महिनादेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाको काम ठप्प छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा विगत तीन महिनादेखि कामकाज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक आउने सेवाग्राही निरास हुँदै फर्किने गरेका छन् । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृतविहीन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राजप्रसाद त्रिपाठी आवकाश भएपछि भदौमा भण्डारी कृष्णनगर आउनुभएको थियो । भण्डारी कृष्णनगरमा मुस्कीलले एक महिना मात्र बसेर मङ्सिर मै आफ्नो पायकपर्ने स्थानमा सरुवा भएर जानुभयो ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतका लागि पाँच पटक काठमाडौँ धाउँदासमेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताउनुभयो । शाहले पटकपटक सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उहाँले बताउनुभयो । शाहले भने मैले तत्कालीन मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदयश त्रिपाठीलाई पटकपटक कार्यकारी पठाउन माग गरे तर हालसम्म कोही आएनन् ।

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हालसम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुःखद् भएको उपप्रमुख सबनम खातुनले बताउनुभयो । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उहाँले आरोप लागाउनुभयो ।

नगरपालिकामा अधिकृत नहुँदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत वञ्चित भएका छन् ।

यस्तै कृष्णनगर केही महिनादेखि अधिकृतविहीन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन् । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कूल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाभित्रका शिक्षकहरुले नगरपालिका तालाबन्दी गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्रसमेत बुझाएका छन् । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन् ।

चार/चार महिनासम्म आफ्ना बालबच्चालाई उधारो खुवाउँंदै आएका शिक्षक वर्गको मर्का मन्त्रालयले समेत बुझिदिनुपर्ने राष्ट्रिय शिक्षक सङ्घका नगर अध्यक्ष प्रल्हादप्रसाद पाण्डेयले बताउनुभयो । तलबलगायत विद्यालय पूर्वाधार, खाजा, छात्रवृत्तिलगायतका रकम निकासाको समस्या छिटै समाधान नभए नगरभित्रका सम्पूर्ण विद्यालय बन्द गरी सडकमा उत्रन बाध्य हुने शिक्षक प्रदीप सिंहले जानकारी दिनुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटकपटक सूचना गरे पनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी, उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताउनुभयो । मन्त्रालयलाई आफ्नो राजनीतिका लागि दाउपेच चलाउन खोज्ने केही स्थानीय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पाँच महिनादेखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाइ छ ।

सत्तापक्षबाट प्रदेश कै पहिलो मुस्लिम महिला उपप्रमुख रहेको कृष्णनगर नगरपालिकामा सो दलको नेतृत्वमा रहेको मन्त्रालयले बाइपास गरेर गइरहेको उपप्रमुखका सल्लाहकार तुफेल खाँको आरोप छ । प्रशासकीय अधिकृत नआउँदा नगरपालिकामा स्वास्थ संस्थामा औषधिको कमी हुनुका साथै नगरपालिकाको सम्पूर्ण योजनाहरु ठप्प भएका छन् । योजनाहरु सञ्चालनमा नआउँदा बजेट फ्रिज हुने जोखिम पनि बढ्दै गएको छ ।