२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

तथ्याङ्क सङ्कलनमा छुटेका हलियाका लागि कार्यक्रम अघि बढाइने



अ+ अ-

कैलाली । सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तथ्याङ्क सङ्कलन गर्न छुट भएका मुक्तहलियाका लागि प्रदेश सरकारले कार्यक्रम अघि बढाउने बताउनु भएको छ । धनगढीमा आज आयोजित राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालको दशौँ नियमित वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले विगतमा सरकारले हलियाको तथ्याङ्क सङ्कलन गर्दा धेरै छुटेको गुनासो आएकाले अब लगत सङ्कलन गर्दा कुनै पनि आग्रह पूर्वाग्रह नराखी निष्पक्ष ढङ्गले गरिने बताउनुभयो ।

प्रदेश सरकारले मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाउने तयारी गरेको मुख्यमन्त्री भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एकीकृत बस्ती विकास कार्यक्रमलाई अघि बढाउन अध्ययन भइरहेको छ, अध्ययनमा जग्गाको अवस्था, हलिया बस्तीको पहिचानलगायत रहनेछन् ।” उहाँले अध्ययन प्रतिवेदनका आधारमा घर निर्माण अघि बढाइने बताउनुभयो ।