२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली राजमार्गमा पाइने भए कृषि वस्तु



अ+ अ-

मान्मा । कर्णालीमा उत्पादन हुने कृषि उपजका वस्तु अब कर्णाली राजमार्गमा नै पाइने भएका छन् । कर्णालीका स्थानीय उत्पादन बजारीकरणमा समस्या भएपछि कालीकोटको तिलागुफा नगरपालिकाले कर्णालीमा उत्पादन हुने कृषि तथा खाद्य वस्तुलाई कर्णाली राजमार्ग नै पाउनका लागि कोसेली घर सञ्चालन गर्ने भएको हो ।

कर्णालीमा उत्पादन हुने कृषि वस्तु तथा खाद्य बाली फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरु, तिला कर्णालीका असला माछाको सुकुटीलगायतका खाद्यान्नको सहज उपलब्धताका लागि कर्णाली राजमार्गका विभिन्न स्थानमा कोसेली घर स्थापना हुने भएका छन् ।

कृषि उपजका वस्तु बजारीकरणका लागि कर्णाली राजमार्गमा तिलागुफा नगरपालिकाले कोसेली घर स्थापना गर्ने अभियान नै थालेको हो । स्थानीय उत्पादन बजारीकरणका लागि राजमार्गका छेउमा करिब १५ घर स्थापना हुन लागेको हो । कोसेली घर स्थापनाले युवालाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै कर्णालीका कृषि तथा खाद्य वस्तुहरु उत्पादनमा वृद्धि गर्ने उद्देश्य नगरपालिकाले राखेको छ ।

कर्णालीमा उत्पादन हुने फापर, आलु, स्याउ, ओखर, चिनो, कागुनो, रातो मार्सी धान, जडीबुटीबाट बनेका वस्तुहरु, तिला कर्णालीका असला माछाको सुकुटी कोसेली घरमा राखेर बिक्री गर्ने तयारी थालिएको नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो । “कर्णालीमा उत्पादन हुने स्थानीय बालीको बजारीकरण गर्नका लागि कोसेली घरको स्थापना गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “कर्णालीमा उत्पादन हुने वस्तुको बजारीकरणबाट राम्रो फाइदा लिन सकिन्छ ।”

कर्णालीमा उत्पादन हुने वस्तु बजारमा राम्रो माग भए पनि त्यसको बजारीकरण नहुँदा समस्या भएको र त्यसको बजारीकरणका लागि कर्णाली राजमार्ग छेउछाउमा कोसेली घर स्थापना गरेर बाहिरबाट आउने पर्यटकका लागि बिक्री वितरणका लागि सजिलो होस् भनेर राजमार्गमा नै कोसेली घर स्थापना गर्न लागिएको प्रमुख शाहीले बताउनुभयो । “कर्णालीमा उत्पादन हुने वस्तुको माग निकै बढेको छ”, उहाँले भन्नुभयो, “कर्णालीमा उत्पादन हुने कृषि वस्तु सहजै अरूले बिक्री वितरण गर्न पाउन् भनेर राजमार्गको छेउछाउमा कोसेली घर स्थापना गर्न लागिएको हो ।”