२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गरिने



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्ने भएको छ ।

महिला, विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका महिला सशक्तिकरण महाशाखाप्रमुख मनमायाँ पङ्गेनीले कोष स्थापनाका लागि कार्यविधि बनाई सबै स्थानीय तहमा रु १० हजारका दरले सहयोग रकम पठाइएको जानकारी दिनुभयो ।

कोष स्थापनापछि कुसंस्कार र कुरीतिका आधारमा चलिरहेको लैङ्गिक हिंसा नियन्त्रणका लागि सहयोग पुग्ने उहाँको विश्वास थियो । अछाममा मात्र पछिल्लो समय पाँच हजार ५०६ वटा छाउगोठ भत्काइएको मन्त्रालयले जनाएको छ । ६२० छाउगोठ घरधनीले नै भत्काए । बाँकी भने प्रहरी भत्काएको महाशाखाप्रमुख पङ्गेनीले सुनाउनुभयो ।

कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ, भिएसओका शिखा श्रेष्ठ लगायतले सामाजिक मूल्य मान्यताका रुपमा स्थापित लैङ्गिक हिंसा निवारणका सबै स्थानीय तहमा गठन भएका कोषलाई सञ्चार क्षेत्रले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।