२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको ट्रान्क्वीलिटी स्पालाई अन्तर्राष्ट्रिय अवार्ड



अ+ अ-

काठमाडौं । नेपालको ट्रान्क्विलिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्ककृष्ट कार्य गरेकामा मलेशिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

सन् २०१८ मा स्थापना भई नेपालका र्याडिसन, सोल्टी, शङ्कर, साङ्ग्रिलालगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले मलेशियाको म्यारियोट पुत्रजया होटलमा पनि सेवा दिइरहेकामा उत्कृष्ट व्यवस्थापन र सेवाका लागि मलेशियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । हाल सो स्पाले आफ्ना ४०० जना कर्मचारीमार्फत सेवा प्रदान गर्दै आएको छ ।

एशियाली देशका होटललगायतका सेवा क्षेत्रहरुका उत्कृष्ट संस्थालाई मलेशिया सरकारले प्रदान गर्दै आएको यो अवार्ड सन् २०२० का लागि नेपालको उक्त स्पालाई प्रदान गरेको हो ।

एसोसिएसन अफ मलेशियन स्पाको सिफारिसमा मलेशियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड ट्रान्क्वीलिटी स्पाका मलेशियाली निर्देशक खेम धामीलाई आज प्रदान गरिएको उक्त स्पाले जनाएको छ ।

उक्त अवार्ड प्राप्त गरेपछि निर्देशक धामीले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहेका बेला पर्यटन क्षेत्रको सेवाका रूपमा रहेको नेपालको स्पाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय अवार्डले नेपालको समग्र पर्यटन क्षेत्रलाई नै उत्साही बनाएको बताउनुभयो । रासस