१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

नेपालको ट्रान्क्वीलिटी स्पालाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालको ट्रान्क्वीलिटी स्पालाई अन्तर्राष्ट्रिय अवार्ड
अ अ+ अ-

काठमाडौं । नेपालको ट्रान्क्विलिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्ककृष्ट कार्य गरेकामा मलेशिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

सन् २०१८ मा स्थापना भई नेपालका र्याडिसन, सोल्टी, शङ्कर, साङ्ग्रिलालगायतका विभिन्न होटलमा सेवा दिँदै आएको यस स्पाले मलेशियाको म्यारियोट पुत्रजया होटलमा पनि सेवा दिइरहेकामा उत्कृष्ट व्यवस्थापन र सेवाका लागि मलेशियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । हाल सो स्पाले आफ्ना ४०० जना कर्मचारीमार्फत सेवा प्रदान गर्दै आएको छ ।

एशियाली देशका होटललगायतका सेवा क्षेत्रहरुका उत्कृष्ट संस्थालाई मलेशिया सरकारले प्रदान गर्दै आएको यो अवार्ड सन् २०२० का लागि नेपालको उक्त स्पालाई प्रदान गरेको हो ।

एसोसिएसन अफ मलेशियन स्पाको सिफारिसमा मलेशियाको पर्यटन बोर्डले सो अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड ट्रान्क्वीलिटी स्पाका मलेशियाली निर्देशक खेम धामीलाई आज प्रदान गरिएको उक्त स्पाले जनाएको छ ।

उक्त अवार्ड प्राप्त गरेपछि निर्देशक धामीले नेपालले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहेका बेला पर्यटन क्षेत्रको सेवाका रूपमा रहेको नेपालको स्पाले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय अवार्डले नेपालको समग्र पर्यटन क्षेत्रलाई नै उत्साही बनाएको बताउनुभयो । रासस