१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार



फाइल फोटो
अ+ अ-

सिरहा। कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले कृषि उत्पादन वृद्धि गर्दै देशमै रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ ।

सिरहा निर्वाचन क्षेत्र नं २ अन्तर्गत औरही चौकमा आज आयोजित ‘किसानसँग कृषिमन्त्री भेटघाट तथा सम्मान कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री परियारले युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेकाले गाउँघर युवाविहीन बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

“साठी प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर छ, तर युवा रोजगारीको खोजीमा विदेशिँदा गाउँमा उत्पादन घट्दै गएको छ”, मन्त्री डा परियारले भन्नुभयो, “अब आफ्नै ठाउँमा कृषि उत्पादन बढाएर यही रोजगारी सिर्जना गर्नु हाम्रो सबैभन्दा ठूलो चुनौती हो । किसानलाई उत्पादनदेखि बजारीकरणसम्म सुरक्षित बनाउने, आधुनिक प्रविधिमा पहुँच बढाउने र कृषि क्षेत्रमा युवालाई आकर्षित गर्ने नीति सरकारले अघि बढाइरहेको छ ।”

मन्त्री डा परियारले देशको कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको भए पनि यो क्षेत्र विभिन्न समस्या र चुनौतीसँग जुधिरहेको उल्लेख गर्दै भन्नुभयो, “स्वदेशी उत्पादनलाई संरक्षण नगरी आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुँदैन् । त्यसैले आयात प्रतिस्थापन, उत्पादन लागत घटाउने र किसानले मेहनतको उचित मूल्य पाउने व्यवस्था गर्न सरकार प्रतिबद्ध छ ।”

कार्यक्रममा सहभागी स्थानीय अगुवा कृषकले भारतीय कृषि उत्पादनले नेपाली बजार ओगट्दा स्वदेशी किसान मारमा परेको गुनासो गरेका थिए ।

उनीहरूले नेपाली कृषिउपजको बजारीकरण, मूल्य सुनिश्चितता र किसानमैत्री नीति आवश्यक रहेको भन्दै मन्त्रीसमक्ष माग राखेका थिए । जेनजी युवाको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि, युवा तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस