२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुखुरा बरामद



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीबाट अवैधरूपमा भारतबाट ल्याउँदै गरेको दश क्विन्टल कुखुरा आज सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी नायब निरीक्षक केशवदत्त विष्टको कमान्डमा रहेको गस्ती टोलीले मोटरसाइलमा ल्याउँदै गरेको चार सय वटा जिउँदो (१० क्विन्टल) कुखुरा बरामद गरेको हो ।

बरामद कुखुरा रु दुई लाख ४० हजार मूल्य बराबर रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह शाहले बताउनुभयो । अवैध कुखुरा बोक्न प्रयोग गरिएका चार थान मोटरसाइलसमेत बरामद गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार से२प ६८३, म१प ४६९, म२प १२६४ र भारतीय यु.पी. ३१ वि.सी ८५०१ नंका मोटरसाइकल बरामद गरिएको छ ।

सशस्त्र प्रहरीको टोली देखेपछि कुखुरा तस्करीमा संलग्नहरु भागेको सशस्त्र प्रहरी उपरीक्षक शाहले बताउनुभयो । बरामद गरिएका कुखुरा सरोकारवालाहरुको रोहवरमा नष्ट गरिएको छ । बरामद मोटरसाइललाई भन्सारमा बुझाउने तयारी गरिएको छ ।