२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । जेनजी अभियन्ता मध्येका एक मिराज ढुङ्गाना समुहका दुई अभियन्ता पक्राउ परेका छन् ।

प्रधानमन्त्रीको निबास अगाडी बिरोध कार्यक्रमका लागि पुगेका अमृत कुमार बोहरा र प्रकाश शर्मालाई प्रहरीले गिरफ्तार गरेको ढुङ्गानाले जानकारी गराएका छन् ।

ढुङ्गानाले भनेका छन् सरकार निकट ‘जेनजी’ जेठो छोरा र छोरीहरूसँग गरिएको मंसिर २४ को छलछामपूर्ण र पुरा नगर्ने ‘ललिपप सम्झौता’को कुनै अर्थ छैन त्यसैको बिरोध गर्न गर्न जादा साथीहरु पक्राउ परेका छन् ।

उनले भनेका छन् -ललिपप र सम्झौता पत्र सहित प्रधानमन्त्री निवासमा फिर्ता गर्ने कार्यक्रमको गरिखान देऊ अभियानका अमृत कुमार बोहरा र प्रकाश शर्मालाई प्रहरीले गिरफ्तार गरेको छ। शान्तिपूर्ण बिरोध कार्यक्रमबाट गिरफ्तार गर्ने सरकारको निरङ्कुश प्रवृत्तिको हामी विरोध एवं भर्त्सना गर्दछौ।

उनले भनेका छन् सुशीला- ओम सरकारले निरङ्कुश बाटोमा जाने दुष्प्रयास जारी राख्छ भने फेरी बिद्रोहको श्रृखला सुरु हुने नै छ। शान्तिपूर्ण बिरोध कार्यक्रमबाट गिरफ्तार साथिहरुको यथासिघ्र रिहाईको माग गर्दछौं।