१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । जेनजी अभियन्ता मध्येका एक मिराज ढुङ्गाना समुहका दुई अभियन्ता पक्राउ परेका छन् ।

प्रधानमन्त्रीको निबास अगाडी बिरोध कार्यक्रमका लागि पुगेका अमृत कुमार बोहरा र प्रकाश शर्मालाई प्रहरीले गिरफ्तार गरेको ढुङ्गानाले जानकारी गराएका छन् ।

ढुङ्गानाले भनेका छन् सरकार निकट ‘जेनजी’ जेठो छोरा र छोरीहरूसँग गरिएको मंसिर २४ को छलछामपूर्ण र पुरा नगर्ने ‘ललिपप सम्झौता’को कुनै अर्थ छैन त्यसैको बिरोध गर्न गर्न जादा साथीहरु पक्राउ परेका छन् ।

उनले भनेका छन् -ललिपप र सम्झौता पत्र सहित प्रधानमन्त्री निवासमा फिर्ता गर्ने कार्यक्रमको गरिखान देऊ अभियानका अमृत कुमार बोहरा र प्रकाश शर्मालाई प्रहरीले गिरफ्तार गरेको छ। शान्तिपूर्ण बिरोध कार्यक्रमबाट गिरफ्तार गर्ने सरकारको निरङ्कुश प्रवृत्तिको हामी विरोध एवं भर्त्सना गर्दछौ।

उनले भनेका छन् सुशीला- ओम सरकारले निरङ्कुश बाटोमा जाने दुष्प्रयास जारी राख्छ भने फेरी बिद्रोहको श्रृखला सुरु हुने नै छ। शान्तिपूर्ण बिरोध कार्यक्रमबाट गिरफ्तार साथिहरुको यथासिघ्र रिहाईको माग गर्दछौं।