२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि

१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
अ अ+ अ-

काठमाडौँ । पर्यटकीय नगरी सौराहामा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डले मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी पुस ११ देखि १३ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका महासचिव महेश खनालले रत्ननगर नगरपालिकाको संरक्षकत्व तथा संघको आयोजनामा आयोजना हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्ने जानकारी दिनुभयो । उहाँले सौराहामा दुई दशक अघिदेखि आयोजना हुँदै आएको हात्ती महोत्सवले सौराहासहित चितवनमा पर्यटक आगमनमा वृद्धि भई चितवनका पर्यटकिय गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको समेत बताउनु भयो । उहाँले डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षदेखि वन्यजन्तु तथा वातावरणमैत्रीको लागि प्रकृति अनुकूल स्टल र स्टेजहरू निर्माण गरिने समेत जानकारी गराउनु भयो । उहाँले बहुलजाती, बहुभाषा र कला संस्कतिको प्रवद्र्धन गर्दै भाविष्यको संरक्षण समेत महोत्सवको विषेशता रहेको बताउनु भयो ।

करिव ८० वटा हातीहरु द्वारा शोभा यात्रा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, हात्तीको अंगार प्रतियोगिता कार्यक्रम स्थलमा लाईभ हात्ती माउते द्वारा हात्तीलाई स्केच, चकले हात्तीलाई श्रृंगार पटार गरिने, हात्तीको स्वास्थ्य शिबिर लगायत महोत्सवका आकर्षणहरु रहेको खनालको भनाइ छ ।