२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध नगर्ने तीन दलको सहमति



अ+ अ-

काठमाडौं । मंगलबार बस्ने प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित तिन दलहरुले संसद अवरुद्ध नगर्ने सहमति गरेका छन्। सोमबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच प्रतिनिधिसभा बैठक अवरुद्ध नगर्ने निर्णय गरेका हुन्।

‘संसद अवरुद्ध गरेर मात्रै समस्याको समाधान हुँदैन’ कांग्रेस सचेतक पुष्पा भुसालले भनिन् ‘हामी तीन दल मिले अघि बढ्ने समझदारी बनाएका छौं।’

निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको छ।

कांग्रेसबाट सचेतक पुष्पा भुषाल, ज्ञानेन्द्र कार्की र अतहर कमाल मुसलमान, समाजवादीबाट संसदीय दलका सचेतक उमाशंकर अरगरिया र राजपाबाट संसदीय दलका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण छलफलमा सहभागी थिए।