१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

अर्थमन्त्रमा सुधार हुँदै गएको छ लगानी बढाउनहोस् : मन्त्री खतिवडा

अर्थमन्त्रमा सुधार हुँदै गएको छ लगानी बढाउनहोस् : मन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विश्व भरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगीक कानूनहरुलाई सहज बनाउँदै गएको बताउनुभयो । उहाँले लगानीकर्ताको सहजताका लागि एकद्धार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको समेत बताउनुभयो । नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएकाले पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह समेत गर्नुभयो । उहाँले सरकारले कर प्रणालीलाई समेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठेरो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेट मार्फत करका विषयमा सुधार गर्दै जाने बताउनुभयो । उहाँले निजी क्षेत्रका समस्याहरुलाई सरकारले विस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधाहरु दिदै आएको समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको कस्ट अफ डुइङ बिजनेस अझैपनि उच्च रहेको बताउनुभयो । यातायात खर्च बढी हुनु, करका दरहरु उच्च हुनु, दक्ष जनशक्तिको अभाव लगायतका कारणले नेपालको कस्टआफ डुइङ बिजनेस अझैपनि उच्च रहको तर्क उहाँको थियो । उहाँले करको दायरा र दरहरु बढाउँदै जाँदा साना उद्योगहरुलाई समस्या परेको समेत बताउनुभयो ।

विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठि दुईदिन सम्म चल्ने छ । कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौति र सम्भावनाका विषयमा विस्तृत छलफल हुने छ ।