२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकीमा भयानक सवारी दुर्घटना, ९ वटा गाडीलाइ ठक्कर दियाे ट्रकले



अ+ अ-

काठमाडाैंः कलंकीमा सोमबार साँझ भयानक दुर्घटना भएकाे छ । एउटा मालवाहक ट्रकले ९ वटा सवारीसाधनलाई ठक्कर दिएका कारण एक व्यक्तिकाे मृत्यु पनि भएकाे उद्धारमा खटिएका प्रहरीले बताएका छन् ।

थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक १ स्कोर्पियो, १ ट्याक्सी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो। उक्त दुर्घटनामा एक जनाले ज्यान गुमाएको कालिमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले जानकारी दिए।

दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको बीर अस्पतालकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सर्लाही घर भएका ट्रक चालक वीरेन्द्रकुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए।