११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु



अ+ अ-

गण्डकी। दोस्रो भारत–नेपाल टुरिज्म मार्टअन्तर्गत आजदेखि गन्तव्य प्रवर्द्धनका कार्यक्रम सुरु गरिएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउँदै भारतीय र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्न पोखरा भ्रमण वर्ष २०२५, पोखरा पर्यटन परिषद्, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भारतीय टुर अपरेटर र सोसल मिडियाकर्मीसमेतको सहभागितामा गन्तव्य प्रवर्द्धन सुरु गरिएको हो ।

भारतीय टोलीलाई पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा नेतृत्वको टोलीले आज सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवनको सौराहा ल्याएको छ ।

भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरिएको पोखरा पर्यटन परिषद्का महासचिव सापकोटाले जानकारी दिनुुभयो ।

अन्तरक्रियामा होटेल सङ्घ नेपालका केन्द्रीय सदस्य सुमन घिमिरे, पर्यटन व्यवसायी वासु ढुङ्गाना, नेपाल पर्यटन बोर्डका प्रेम भट्टराई, सन्कृत टुर्स भारतका अभिषेक सन्कृतलगायतले नेपाल र भारतबीचको पर्यटकीय साझेदारीका सम्भावनालगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उक्त अवसरमा सौराहाको प्रवर्द्धनात्मक भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

महासचिव सापकोटाका अनुुसार भारतीय प्रवर्द्धनात्मक टोली भोलि पुस १ गते तनहुँको बन्दीपुर हुँदै बेगनास र पुस २ गते पर्वत र बागलुुङ तथा पुस ३ गते पोखराको पुम्दीकोट भ्रमण गरी होटेल पोखरा ग्रान्डमा हुने मार्टमा सहभागी बन्ने छ । टोली ४ गते पोखराबाट पाल्पा हुँदै सुनौली नाकाबाट भारत फर्कने उहाँले जानकारी दिनुुभयो ।रासस