१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही

अस्पताल निर्माणका लागि सात रोपेनी जग्गा निःशुल्क दिए

अस्पताल निर्माणका लागि सात रोपेनी जग्गा निःशुल्क दिए
अ अ+ अ-

सिञ्जा । कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित हुँदै आएका छन् । अस्पताल भवन निर्माणका लागि स्थानीयवासीले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयवासीले १५ श्ययाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । उनका अनुसार रु २५ देखि ३० लाख मूल्य बराबरको उक्त जग्गामा तीन भवन बन्ने छन् ।

सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले बताएका हुन् । गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता आफैंले गरेको इन्चार्ज उपाध्यायले जानकारी दिए । ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुबाट रु चार लाख बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ । काठमाडौंदेखि जिल्लासम्म ढुवानी खर्च रु २० हजार कनकासुन्दरी गाउँपालिकाले सहयोग गरेको छ भने जिल्लादेखि इलाका स्वास्थ्य चौकी हाडसिञ्जासम्म स्वास्थ्यका लागि सक्षम प्रणाली कार्यक्रमले सहयोग गरेको छ ।

जुम्लाका आठै स्थानीय तहमध्ये १५ श्ययाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका भएको उपाध्यायले जिकिर गरे । उनले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताए । उक्त अस्पताल निर्माणपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने अवस्था अन्त्य हुनेछ । इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा अस्पतालमा स्तरोन्नति गरी १५ श्ययाको अस्पताल बनाइने भएपछि त्यहाँका स्थानीयवासी खुशी देखिएका छन् ।