२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो



अ+ अ-

अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् । राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए ।

जिल्लामा गत असार २६ गतेदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता कार्य शुरु भएको थियो । यस जिल्लामा चालू आवको सात महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ६७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ श्रेष्ठले जानकारी दिए । यसमा एक हजार ५९७ जना पुरुष र एक हजार ८१ जना महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्लाका विकट गाउँबाट सदरमुकाममा सेवा लिन आउन समस्या हुने भएकाले बेलाबेलामा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविरको आयोजनासमेत गर्ने गरेको छ । जिल्लाको तुर्माखाँद, ढकारी, रामारोशन, मेल्लेख गाउँपालिकाका विकट वडा, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका विकट बस्तीबाट सदरमुकाम पुगेर सेवा लिन नागरिकलाई खर्चिलो र समस्या हुने गरेको छ ।