२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन व्यवसाय शुरु गर्नुभएको छ । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बङ्गुरपालनमा उहाँ संलग्न हुनुभएको हो । बङ्गुरपालनका लागि रु सात लाख बढी रकम उहाँले खर्चिनुभएको छ ।

छ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बङ्गुरका पाठा हुर्कंदै गएका छन् । खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्याण्डरस जातका बङ्गुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बङ्गुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गर्नुभएको छ ।

खोर निर्माणमा मात्रै रु दुई लाख बढी रकम लगानी गरिएको वडाध्यक्ष ऐरले बताउनुभयो । बङ्गुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उहाँ आफँै खटिनुहुन्छ । कार्यालय समयमा जनताको काममा व्यस्त हुने वडाध्यक्षले बिहानीको समय र साँझको समय बङ्गुरको हेरचाह गर्नमै खर्चिदै आउनुभएको छ ।

“वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बङ्गुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु”, उहाँले भन्नुभयो, “दैनिक बङ्गुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बङ्गुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।”

काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए वडाध्यक्षले कामदारलाई त्यस कार्यका लागि खटाउने गर्नुभएको छ । बङ्गुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बङ्गुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रुपमा खाने गर्दछन् । बङ्गुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको छ ।

पहिला माछापालनका लागि पाँच कठ्ठा जग्गामा पोखरी मात्रै निर्माण गरिएको थियो वडाध्यक्ष ऐरले भन्नुभयो, “माछापालनबाट वार्षिकरुपमा छ क्विन्टल बढी माछा उत्पादन हँुदै आएको थियो । पशु विज्ञको सल्लाहमा पोखरीसँगै बङ्गुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बङ्गुरपालनलाई सँगसँगै लगिएको उहाँले बताउनुभयो ।

विगतमा माछाको उत्पादन मात्रै वार्षिकरुपमा झण्डै रु दुई लाख जति हुने गरेको थियो । बङ्गुरपालन संगै पोखरीमा माछाको भुरा मात्रै यस बर्ष दुई हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उहाँको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।

“बङ्गुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ” वडाध्यक्ष ऐरले भन्नुभयो, “यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ ।” वडाध्यक्ष ऐरको आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बङ्गुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन । रु दुई करोडको लागतमा सञ्चालन गरिएको उहाँको खाद्य उद्योगमा वार्षिकरुपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै रु ६५ लाख बढीको निर्यात हँुदै आएको उहाँले बताउनुभयो ।

उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हँुदै आएको छ । चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बङ्गुर र माछाको चारोका रुपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उहाँले १२ जनालाई रोजगारी दिनुभएको छ । खाद्य उद्योग वडाध्यक्ष हुनुभन्दा अगाडिदेखि नै उहाँले सञ्चालन गर्दै आउनुभएको हो । आर्थिकरुपमा सवल बन्नका लागि आयआर्जनका कार्यमा संलग्न हँुदै आएको उहाँले बताउनुभयो । खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बङ्गुरपालनका लागि लगानी गरिएको उहाँको भनाइ छ ।

“राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि आर्थिक अवस्था मजबुत नभए हँुदैन । त्यसलाई पूर्ति गर्नका लागि बङ्गुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हँु ।”राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइखाने साधनका रुपमा प्रयोग गर्दा बदनामसमेत भएका छन् ।

आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी छ उहाँले भन्नुभयो, “आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरुसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डो¥याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफैँ समृद्धितर्फ लम्किन्छ ।”

समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ सङ्कल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “भ्रष्टाचार न्यूनीकरणमा यस कार्यले टेवा पु¥याउँछ ।” यसैगरी वडाध्यक्ष ऐरले हाँससमेत पाल्नुभएको छ ।