२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारमा छ्याप्छ्याप्ती ग्यासका अवैध सिलिन्डर



अ+ अ-

धम्बोझी । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु बिक्री वितरण हुँदै आएको छ ।

नेपालमा साना सिलिन्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन । सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्यास बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । उपभोक्तालाई तोकेबमोजिमको मापदण्डअनुसार ग्यास बिक्री भए÷नभएको अनुगमन गरिएको हो”, वाणिज्य कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पौडेलले भन्नुभयो ।

संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँचवटा ग्यास बिक्रेताको पसल अनुगमन गरेको थियो । “अनुगमनमा तीनवटा पसलले मापदण्ड विपरीत साना ग्यासका सिलिन्डर बिक्री गरेको पाइएको छ”, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भन्नुभयो, “उनीहरुलाई प्रतिफर्म रु २० हजारका दरले जरिवाना गरेका छौँ” ।

पुनः अनुगमन गरी निर्देशन पालना गरे÷नगरेको ‘फलोअप’ पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्यासका सिलिन्डरहरु तोकिएको तौलबमोजिम नै भेटिएको पौडेलले बताउनुभयो । “अधिकांश ग्यास पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिएका छौँ’’ उहाँले भन्नुभयो ।

नेपालमा अनुमति नभएका साना ग्यास सिलिन्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले बताउनुभयो । उपभोक्ताले पनि साना ग्यास सिलिन्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन”, उहाँले भन्नुभयो ।

भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्यासका सिलिन्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्यासको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिन्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगञ्ज बजारमा अवैध सिलिन्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिन्डरहरु उपभोक्ताले खाना पकाउन र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् ।

साना सिलिन्डरमा ग्यास भर्ने व्यवस्था नेपालमा छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा ग्यास भर्दै आएका छन् । ठूलो सिलिन्डरबाट सानोमा ग्यास भर्दा दुर्घटनाको जोखिमसमेत रहने गर्छ ।