१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

शुरु भो ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

शुरु भो ऐतिहासिक दुगुनागढीको मर्मत कार्य
अ अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको छ ।

सो गाउँपालिकाको रु २० लाख ५० हजारबाट उपभोक्ता समितिमार्फत मर्मत कार्य शुरु गरिएको हो । नेपाल र तिब्बतबीच युद्ध हुँदा विसं १९१२ मा निर्माण भएको १६४ वर्ष पुरानो उक्त गढी ०७२ सालको भूकम्पबाट क्षति भएको थियो । भ्रमण वर्षका अवसरमा पर्यटन भित्र्याउने उद्देश्यले ऐतिहासिक गढीको मर्मत गर्न लागेको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो ।

माथिल्लो गढीको भित्री भागको मर्मत सम्पन्न भई बाहिरी भागको काम बाँकी रहेको र तल्लो गढीको पनि भित्री भाग बनाउने काम भइरहेको अध्यक्ष उहाँले बताउनुभयो । उक्त गढीको हालै पुरातत्व विभागका पुरातत्वविद्ले निरीक्षण गरी बजेटको व्यवस्था गर्ने जानकारी दिएका थिए ।

त्यसैगरी वाग्मती प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताइएको छ । गढीको काम सम्पन्न गर्न रु दुई करोड आवश्यक पर्ने सो गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नं ३ तातोपानीको दुगुना गाउँमा पर्ने उक्त गढी तातोपानी बजारबाट करिब १० किलोमिटरमाथि रहेको छ । राणा शासनकालमा जनरल धीर शमशेरको नेतृत्वमा विसं १९११ मा शुरु गरी एक वर्षपछि निर्माण सम्पन्न भएको उक्त गढी कडा ढुङ्गा कुदेर किल्लाको निर्माण गरिएको छ ।

समुद्री सतहबाट करिब २२०० मिटर उचाइमा पर्दछ । लगभग २०० रोपनी क्षेत्रमा फैलिएको गढीबाट भोटेकोशी नदी पारि रहेको करिब ३० किलोमिटर टाढा पर्ने तिब्बतको कुती बजारसम्म तोपको गोला प्रहार गरी शत्रु भगाउन सकिने इतिहासमा उल्लेख छ ।

त्यहाँबाट भोटेकोशी गाउँपालिकाका प्रायः सबै स्थान र तिब्बतको खासा तथा कुती लगायतको दृश्यावलोकन गर्न सकिन्छ । उक्त गढीको बाह्रबिसेको खोर्खानीबारीस्थित तत्कालीन केवलजंग गुल्मले २०५७ सालमा सामान्य मर्मत गरेको थियो । नेपाली सेनाबाट खासै पहल हुन नसकेको स्थानीयको भनाइ छ ।