१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

तमोरको पानी डाँडामा पुगेपछि…

तमोरको पानी डाँडामा पुगेपछि…
अ अ+ अ-

पाँचथर । तमोर नदीको पानीलाई १७ किलोमिटर माथि डाँडामा पुर्याई गाउँगाउँमा वितरण गर्नु सामान्य कुरा थिएन । प्रविधिको उपयोगले जब यो कार्य सार्थक भयो, नागरिकका घरघरमा खानेपानी पुग्यो । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयवासीको मुहारमा खुशी छायो । घरैमा खानेपानीको उपलब्धताले आफ्नै गाउँघरमा बस्न पाइने भएपछि स्थानीयवासी खुशी भएका छन् ।”

पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ११ गते तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो । कूल नौ किमी सडक रु ५४ करोडको लागतमा कालोपत्र गर्ने ठेक्का भएकामा पछि यस सडकलाई मदन भण्डारी मार्गसँग जोड्ने प्रधानमन्त्रीले घोषणा गर्नुभएको थियो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन मात्रै तेह्रथुम पुगेको प्रचार गरिए पनि स्थानीयवासीमा प्रधानमन्त्रीको आगमन र थालनी भएका विकासनिर्माणका कामले उत्साहित छन् ।

प्रधानमन्त्री ओलीले यही फागुन ११ गते रु ५१ करोड ३० लाखको लागतमा यासोक बृहत् पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको थियो । आफ्नो जन्मदिनका दिन प्रधानमन्त्रीका लागि अर्को खुशी थियो, एक हजार ११५ घरमा पुगेको विद्युत्को उद्घाटन । कुम्मायक गाउँपालिकामा पर्ने साबिकका यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसलाई अँध्यारोमुक्त घोषणा गर्दै प्रधानमन्त्रीले आफ्नो जन्मोत्सव मनाउने अवसर पाउनुभयो । चार वर्षअघिदेखि निर्माण शुरु भई यहाँ रु १० करोड ५१ लाख ५१ हजार ७७६ लागतमा विद्युतीकरण सम्पन्न भएको थियोे । त्यस दिन प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा मात्रै कार्यक्रम तय भएको थिएन, पाँचथर र तेह्रथुमका विभिन्न विकासनिर्माणका आयोजनाको कामको थालनी गरिएको थियो तर देशका कार्यकारी प्रमुखलाई जन्मदिनको शुभकामना व्यक्त गर्न पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न गाउँका दशौँ हजार बासिन्दा उहाँको जन्मघर पुगेका थिए ।

उहाँले मदन भण्डारी मार्गसँग जोड्ने सडकको शिलान्यास तथा पूर्वी पहाडकै निम्ति महत्वपूर्ण कृषि शिक्षालय स्थापनाको घोषणा गर्नुभयो । जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन उहाँकै इच्छानुसार जन्मदिनका अवसरमा यहाँका ४०० ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित सम्मान गरिएको थियो भने दुई हजार विद्यार्थीलाई नोटबुक र कलम वितरण गरिएको थियो ।

यस्तै सशस्त्र द्वन्द्वमा विस्थापित आठराई, सङ्क्रान्तिबजारस्थित नेपाल बैंकको शाखाको सोमबार नै उद्घाटन गरिएको थियो । प्रधानमन्त्रीको जन्मथलोमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त कृषि शिक्षालय स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाले पनि यहाँका बासिन्दा उत्साहित छन् ।

यस्तै शीर्षनेताले जनताका कुरा सुन्दैनन्, प्रत्यक्ष रुपमा साक्षात्कार गर्दैनन् भन्ने आरोप प्रधानमन्त्रीका हकमा कहीँ कतै लागू हुन्न भन्ने उहाँको जन्मथलो तेह्रथुमको आठराईस्थित जन्मघरमा गरिएको कार्यक्रमले देखाउँथ्यो । प्रधानमन्त्रीले त्यहाँ आएका ज्येष्ठ नागरिकका गुनासा मसिनो गरी सुन्नुभयो । धेरैसँग उहाँले दोहोरो अन्तरक्रिया गर्नुभयो । कतिपयले आफ्ना गुनासा प्रधानमन्त्रीलाई सुनाउन पाएको भन्दै आँशु नै झारे । धेरै ज्येष्ठ नागरिकले खानेपानीको प्रबन्ध गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे । कतिपयले त आफ्ना व्यक्तिगत समस्या र दुःखेसोसमेत पोखे । परिवारका अन्य सदस्यले नहेरेको तथा हेलाँहोचो गरेको गुनासो पनि प्रधानमन्त्रीलाई सुनाए । धेरैका गुनासा सुनेपछि प्रधानमन्त्री निकै भावुक देखिनुभयो । उहाँले सधैँजसोको जस्तो रमाइलो मन्तव्य राख्नु भएन । मलीन अनुहारमा प्रधानमन्त्रीले विकास र समृद्धिका लागि केकस्ता प्रयास गर्न सकिन्छ भन्ने चर्चा गर्नुभयो ।

जन्मदिन भएकाले प्रधानमन्त्रीलाई उपहार दिने र सुस्वास्थ्य र दीर्घायुको कामना गर्नेको सङ्ख्या ठूलो थियो । जन्मदिनको शुभकामनासँगै त्यहाँ उपस्थित हजारौँ स्थानीयवासीले प्रधानमन्त्रीको दीर्घ र स्वस्थ जीवनको कामना गरे । प्रधानमन्त्री ओलीकै नेतृत्वमा मुलुक समृद्ध राष्ट्र बन्न सकोस् भन्ने आठराईवासीको कामना थियो । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना व्यक्त गर्न सञ्जु बुढाथोकी झापाको दमकबाट आठराईको इवामा आइपुग्नुभएको थियो । गाउँको सानो झुपडीमा जन्मेर ठूलो सङ्घर्ष गरेर प्रधानमन्त्री बन्नु सामान्य कुरा नभएको बुढाथोकीको ठम्याइ थियो ।

प्रधानमन्त्रीसँगै आउनुभएका उहाँका पिता मोहनप्रसादले समेत स्थानीयवासीसँग अन्तरक्रिया गर्नुभयो । उहाँको जन्मघरमा तस्वीर र सेल्फी लिनेको भीड नै लागेको थियो । यो ऐतिहासिक क्षण भएको धेरैको अनुभूति थियो । प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि लिनुभएको सङ्कल्पको एक हिस्सा उहाँको ६९औँ जन्मदिन रहन गयो । पाँचथरमा जनताका न्यूनतम आवश्यकताअन्तर्गत पर्ने खानेपानी र विद्युत्को प्रत्याभूतिको घोषणा गर्नुभएका प्रधानमन्त्रीले तेह्रथुमको आठराई र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकावासीको प्रत्यक्ष जीवनसँग जोडिएको सुकेपोखरी–प्रणामी मावि–भानु आधारभूत विद्यालय सडकको शिलान्यास गर्नुभएको थियो ।