१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दिक्षित

६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दिक्षित
अ अ+ अ-

काठमाडौं । नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तिर्ण गरेका ६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दिक्षित भएका छन् ।

कलेजको २६ औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरुलाई मंगलबार दिक्षित गरिएको हो । दिक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दिक्षित विद्यार्थीहरु सफल हुने बताउनुभयो । उहाँले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहेको विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति समाना गर्न सक्ने जनशक्ति तयार गर्न र व्यवसायीकता तथा सैनिक सिप सिकाउन स्टाफ कलेज सँधै अगाडि रहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दिक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनैपनि सैनिक अफिसरका लागि विश्लेषणात्मक क्षमता, योजना र सञ्चार कौशल महत्वपूर्ण हुने भएकाले विद्यार्थीहरु त्यसमा सक्षम हुने बताउनुभयो । उहाँले नेपाली सैनिकहरु पनि विभिन्न मुलुकमा काम गर्न जाँदा सहयात्रीका रुपमा समन्वय गरेर काम गर्न यसप्रकारको शिक्षा कोषेढुंगा हुने समेत बताउनुभयो ।

दिक्षान्त समारोहमा ६३ जना विद्यार्थीहरु दिक्षित भएका छन् । जस मध्ये ५० जना नेपाली आर्मीबाट, १ जना राष्ट्रिय अनुसन्धान विभाग, १ जना सशस्त्र प्रहरीबाट, १ जना नेपाल प्रहरीबाट र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायबाट रहेका छन् । १० जना विदेशीहरुमध्ये बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाबाट रहेका छन् । वि.सं.२०४९ सालमा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १ हजार ५३ जना दिक्षित भइसकेका छन् ।