१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

रगत सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा

रगत सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा
अ अ+ अ-

बलेवा । प्राथमिक स्वास्थ्य चौकी बुर्तिवाङमा रक्त सङ्कलन केन्द्र नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन् ।

प्राथमिक उपचार सेवाका साथै सामान्य शल्यक्रियासमेत हुने स्वास्थ्य चौकीमा अहिलेसम्म रक्त सङ्कलन केन्द्र स्थापना हुन सकेको छैन । रक्त सङ्कलन केन्द्र नभएका कारण रगतको आवश्यकता भएका बिरामीलाई ९१ किलोमिटर दूरीमा रहेको जिल्ला सदरमुकाम बागलुङ धाउनुपर्ने बाध्यात्मक रहेको छ । यहाँ शल्यक्रियामार्फत सुत्केरी हुनेलाई पनि सेवा दिने व्यवस्था छ तर शल्यक्रियापछि आवश्यक पर्ने रगतको मागलाई पूरा गर्न बिरामी वा उनका आफन्तले युवालाई खोज्नुपर्छ । यहाँ रक्त सङ्कलन केन्द्र नभएकाले तत्काल रगत दिनुपर्ने भएमा रक्त समूह मिल्ने व्यक्ति राखेरमात्र शल्यक्रिया गर्नुपर्ने बाध्यता भएको स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक बताउँछन् ।

जनसङ्ख्या धेरै भएको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका जनताको एउटै केन्द्र भएकाले दैनिक डेढ सयजनासम्म बिरामी उक्त स्वास्थ्य चौकीमा सेवा लिनका लागि आउने गर्छन् तर यहाँ आवश्यक दरबन्दीका स्वास्थ्यकर्मी र रक्त सञ्चार भने अभाव रहेको छ । यो केन्द्रमा एम्बुलेन्स पनि अभाव छ । चाहियो भने ग्वालिचौर र भीमगिठेबाट मगाउनु परेको अस्पतालका प्रमुख डा मिलन मल्लले बताउनुभयो ।

एम्बुलेन्स नपाएर बिरामीले ट्याक्सी खोजेर पाल्पा कुद्ने समस्या खेप्ने गरेका छन् । जिल्ला सदरमुकामभन्दा मिशन अस्पताल पाल्पा दूरीका हिसाबले नजीक पर्ने भएकाले रिफर भएर जानुपर्ने बिरामी पाल्पा जाने गरेका छन् । अहिले पनि यहाँ तीनजना चिकित्सक कार्यरत छन् तर उपकरण, एम्बुलेन्स र नर्सिङ तथा अन्य सहायक तहका स्वास्थ्यकर्मी अभावले दैनिक उपचारमा समस्या पर्ने गरेको डा मल्लले बताउनुभयो ।

जिल्ला अस्पताल झैचौबिसै घण्टा इमरजेन्सी सेवा, ओपिडी, बहिरङ्ग, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, ल्याब लगायतका सेवा पाइने भनेर केन्द्रमा सूचना टाँगिएको छ । “उपचारमात्र दिएर पुग्दैन, त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ”, उहाँले भन्नुभयो, “उपचारको सेवा दिने काम प्रशासनले दिएजस्तो होइन ।” विभागीय रुपमा दरबन्दी पूरा नदिने र एम्बुलेन्स अभाव बढी चुनौती भएको उहाँले बताउनुभयो । यहाँ केन्द्र व्यवस्थापन समितिबाट पाँचजना स्वास्थ्यकर्मी करारमा राखिएको छ । तीमध्ये डा विवेक यादव एनेस्थेसिया हुनुहुन्छ । उहाँको दरबन्दीमै व्यवस्था गर्न सकेमा नियमित शल्यक्रिया सेवा दिन सकिने डा.मल्लको भनाइ छ । कार्यालय सहायक र प्रशासनको कर्मचारी पनि यहाँ अभाव छ ।

ढोरपाटन नगरपालिकाले यो केन्द्रलाई अस्पतालका रुपमा विकास गर्ने योजना बनाएको छ । नगरपालिकाले चाहेमा कम्तीमा १५ श्ययाको अस्पताल बनाउन सकिने प्रावधान छ । अस्पताल बनाउने विषयमा बेलाबेला बहस उठ्दै गरेको छ । तर फेरि बिस्तारै सेलाउने गरेको स्थानीयवासी जीतबहादुर भट्टचनले बताउनुभयो । भएका चिकित्सकले सेवा भने निरन्तर दिएकाले दुई वर्षदेखि केन्द्रमा अप्रिय घटना भएको छैन । “यहीँ डाक्टर भएकाले ज्यान बचाएर बच्चा जन्माउन पाएँ”, ढोरपाटन नगरपालिका–९ सुपुरदुङकी २८ वर्षीया अमृता पुनले भन्नुभयो, “यहाँ नभएको भए पाल्पा पुग्नुपर्ने बाध्यता थियो ।”

यहाँ मासिक १५ जनाले शल्यक्रियाबाट बच्चा जन्माउने गर्छन् । गत वर्ष यहाँ एक हजार ४०० भन्दा बढीले प्रसूति सेवा लिएको तथ्याङ्क छ । वर्षभरि आठ हजारभन्दा बढी अन्य बिरामीले यहाँबाट उपचार र स्वास्थ्य सेवा लिएका छन् ।