१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

नेपाल ट्रष्टको सम्पत्ति क कसले प्रयोग गरे ? सरकारले जारी गर्यो श्वेतपत्र

नेपाल ट्रष्टको सम्पत्ति क कसले प्रयोग गरे ? सरकारले जारी गर्यो श्वेतपत्र
अ अ+ अ-

काठमाडौं । नेपाल ट्रष्टले स्वेतपत्र जारी गर्दै आफ्नो नाममा रहेको जग्गा र सम्पत्तिको विवरण सार्वजनिक गरेको छ ।

मंगलबार स्वेतपत्र जारी गर्दै ट्रस्टले आफ्नो नाममा रहेको जग्गा, अहिलेसम्म लिज दिइएको जग्गा र सम्पत्तिको विषयमा जानकारी दिएको हो । देशभरीका १२ जिल्लामा रहेको करिब २१ हजार ५ सय ६२ रोपनी जग्गामध्ये करिब १७२ रोपनीमा मोहीहरुले बसोबास र खेती गरिरहेका छन् । उक्त समयमा विजयकुमार गच्छदार ट्रष्टको अध्यक्ष हुनुहुन्थ्यो । ट्रस्टले २०६९ भदौमा मन्त्रिपरिषदबाट निर्णय गरी मोहीको नाममा कायम भएको जग्गा फिर्ताका लागि लागि सार्वजनिक तथा सार्वजनिक सम्पत्ति छानबिन आयोगमा उजुरी दिइएको ट्रष्टका अध्यक्ष रहनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले बताउनुभयो ।

तत्कालिन समयमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री तथा ट्रष्टको संरक्षक रहेका बेला साविकको बालाजु ८, मातातिर्थ १, सतुंगल, थानकोट महादेवस्थान लगायतका क्षेत्रमा रहेका जग्गामा फिर्ताका लािग आयोगमा उजुरी दिएको हो । २०६९ भदौ ११ गतेको मन्त्रिपरिषद् निर्णय गरी मोहीका नाममा नामसारी भएको थियो । ट्रष्टको चल सम्पत्ति ७८ करोड, ९ लाख, ७७ हजार ७९३ नेपाली रुपैयाँ, १ लाख ४८ हजार ५ सय ८१ अमेरिकी डलर र ५० हजार १२४ ब्रिटिस पाउण्ड स्टर्लिङ रहेको छ । यसैगरी नबिल बैंकको ५ लाख, ३३ हजार २४४ कित्ता, होटल डेला अन्नपूर्णको ३० हजार ७२० कित्ता र नेपाल औद्योगिक विकास निगमको ६ हजार ७५० कित्तासमेत नेपाल ट्रष्टको नाममा रहेको छ । ट्रष्टको सम्पत्तिमध्ये ६ स्थानमा लिजमा रहेका छन् । गोकर्ण, कमलादी, टेकु र लाजिम्पाटको ४ वटा सम्पत्ति तत्कालिन राजपरिवारले दिएको र दरबारमार्ग र ताहचलको २ वटा सम्पत्ति २०६४ सालमा नेपाल ट्रष्टको स्थापना भएपछि लिजमा दिइएको स्वेतपत्रमा उल्लेख गरिएको छ ।