१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

सरकारको खट्टा तान्ने प्रचलन अन्त्य भएको छ: मुख्यमन्त्री राई

सरकारको खट्टा तान्ने प्रचलन अन्त्य भएको छ: मुख्यमन्त्री राई
अ अ+ अ-

खोटाङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश नयाँ युगमा प्रवेश गरिसकेको बताएका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले आयोजना गरेको ‘प्रथम बहानेपोखरी महोत्सव २०७६’को उद्घाटन कार्यक्रममा मङ्गलबार उनले यो युग हाम्रो युग भएको बताए । हेलिकोप्टरमार्फत खोटाङ आउनुभएका मुख्यमन्त्री राईले देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको बताए । “यो युग शान्ति, विकास, समृद्धि, सुशासन र राजनीनिक स्थायित्वको युग हो”, उनले भने । देशमा छ महिनामा सरकार ढल्ने युग समाप्त भइसकेकाले दिगो विकासमा सबै एकजुट हुनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

“विगतमा एउटा सरकार ढालेर फेरि नौ महिनापछि अर्को बनाउनुपर्ने अवस्था थियो”, उनले भने, “सरकार ढाल्ने र बनाउने परिपाटीलाई हामीले समाप्त गरिसक्यौँ । अब देशको दिगो विकास सरकारको एक मात्र कार्यसूची हुनेछ ।” प्रदेश नं १ पर्यटकीय क्षेत्रको अथाह सम्भावना बोकेको प्रदेश भएकाले आआफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गतिविधि गर्न स्थानीय तहका जनप्रतिनिधिलाई उनले आग्रह गरे । “आफ्नो क्षेत्रमा भएको कृषि तथा पर्यटनको प्रवद्र्धनमा लाग्नुहोस्”, उनले भने, “कृषि तथा पर्यटन नै प्रदेश नं १ को समग्र विकासको प्रमुख आधार हो ।”

फागुन १३, १४ र १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा सांसद विशाल भट्टराई, दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल, छिमेकी स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिएका थिए । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाको वडा नं १ राखाबाङ्देलमा अवस्थित पर्यटकीयस्थल बहानेपोखरीको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न उक्त गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । प्रायोजक तथा छिमेकी स्थानीय तहसँगको सहकार्यमा शुरु गरिएको महोत्सवका लागि सो गाउँपालिकाले रु १२ लाख बजेट विनियोजन गरेको थियो ।

महोत्सवमा जैविक कृषि उपज प्रदर्शनी, खानाका परिकार, विभिन्न जातजातिको सांस्कृतिक तथा परम्परागत झाँकी, साङ्गीतिक कार्यक्रम, खेलकूदलगायत विविध कार्यक्रम आयोजना गरिएको आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए । चारैतिर रमणीयडाँडाको बीचमा मुहान नदेखिने बहानेपोखरीमा बाह्रै महिना टम्म पानी रहने गरेको स्थानीयवासीले बताएका छन् । अग्लोडाँडामा शुद्ध पानी टम्म भरिएको बहानेपोखरी २०० मिटर क्षेत्रफल जमीनमा फैलिएको छ । आफँैमा ऐतिहासिक महत्व बोकेको बहानेपोखरीमा महोत्सव गर्दा सबैको ध्यान केन्द्रित गर्न र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रथमपटक ‘बहानेपोखरी महोत्सव’ आयोजना गरिएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

“बहानेपोखरीको पूर्वतर्फ शङ्खढुङ्गा, नागढुङ्गा, स्तुपा र केहीमाथि विभिन्न आकृतिका संरचना अवलोकन गर्न सकिन्छ”, उनले भने, “पोखरी आसपासमा पाइने लोपोन्मुख रेडपाण्डा, चौँरी, भेडा र विभिन्न प्रजातिका जीवजन्तु अवलोकन गराउँदै आगामी दिनमा थप पर्यटक तान्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।” बहानेपोखरीबाट खोटाङको अधिकांश स्थान, तराईका फाँट, विश्वकै सर्वोच्च शिखर सगरमाथा तथा हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । भदौरे जनैपूर्णिमा र मङ्सिरे पूर्णिमाको दिन धामीझाँक्रीसहित विभिन्न जिल्लाबाट आउने दर्शनार्थीको उपस्थितिमा यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

समुद्री सतहदेखि करिब दुई हजार ७०० मिटर उचाइमा अवस्थित बहानेपोखरीमा नयाँ वर्षमा ठूलो सङ्ख्यामा युवापुस्ता वनभोज (पिकनिक) जाने गरेका छन् । पोखरी आसपास शेर्पा समुदायको घनाबस्ती छ । आगामी दिनमा उक्त शेर्पा बस्तीलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने योजनासमेत रहेको गाउँपालिका प्रमुख निरौलाले बताए । जैविक कृषि उपज पर्याप्त उत्पादन हुने उक्त क्षेत्र घरबासका लागि उपयुक्त ठाउँ हो ।