२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मगर दिवसमा सार्वजनिक विदा



अ+ अ-

दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ३८औँ मगर दिवसको अवसरमा फागुन १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा मङ्गलबारको निर्णयानुसार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

विसं २०६८ को जनसङ्ख्याअनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ । कूल २२ हजार ५०२ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१.८९ प्रतिशत अर्थात् सात हजार १७५ रहेको छ ।