२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के गर्ने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।

फाइल तस्विर

फागुन ९ मा नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो ।

आजको बैठकमा पूर्वसुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने छ । एमसीसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र नेकपाभित्रैबाट दबाव आउन थालेपछि नेकपाले बैठकमार्फत निर्णय गर्न लागेको हो ।