२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरी भवन उद्घाटन



अ+ अ-

काठमाडौं । प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीमाथि लागेका आरोपबाट मुक्ति पाउन परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा निर्माण हुन लागेको प्रहरी अधिकृत तथा जवानहरुको संयुक्त मेस भवनको शिलान्यास गर्दै पोखरेलले ट्राफिक प्रहरी संगठनमाथि लागेको आरोपबाट मुक्ति पाउन आफै परिवर्तन हुनु्पर्ने बताउनुभएको हो । उहाँले ट्राफिक प्रहरी संगठन विश्वमै परिचित भएकाले सबै प्रहरी कर्मचारीले परिवर्तनको अभियान आफैबाट चलाउनुपर्ने बताउनुभयो । उहाँले ट्राफिक प्रहरीमा अनुशासन पालना गर्ने कुरामा अझबढी परिवर्तनको आवस्यकता रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो ‘अनुशासन पालना गर्ने कुरामा यसमा अझ बढोत्तरी भएर जाओस, हिजो तपाईहरु नदेखेजस्तो गर्नुहुन्थ्यो भने अव चाहिं हामीलाई पनि देखेजस्तो, मेरो हाकिम जस्तो, मेरो गार्जेन जस्तो अनभुति तपाइहरुलाई होस् ।

परिवर्तन हुने कुरामा प्रहरी कर्मचारीले उदाहरणिय काम गरेर प्रहरी संगठनलाई परिवर्तन गराउन सक्ने र ट्राफिक प्रहरीमाथि लाग्ने आरोबाट बँच्न सकिने बताउनुभयो ।