१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास

अझै उठेनन् भूकम्पले ढलेका निजी आवास
अ अ+ अ-

भक्तपुर । भक्तपुर जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएको निजी आवास पुनःनिर्माण निकै सुस्ताएको छ ।

भूकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये भक्तपुरमा पूर्ण लाभग्राही सूचीमा परेर निजी आवास पुनःनिर्माण गर्नेको सङ्ख्या निकै कम रहेको छ । यो अवधिमा जम्मा ३१ प्रतिशतमात्रै निजी आवास निर्माण सकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरले जनाएको छ ।

भक्तपुर जिल्लामा कूल २९ हजार २१२ को नाम भूकम्पपीडितको लाभग्राही सूचीमा परे पनि असार २१ गतेसम्म अनुदान सम्झौता गर्न नआउने र २०७६ असार मसान्तसम्म सम्झौता गरेर पहिलो किस्ता पनि नलिने भक्तपुरका चार हजार २४७ भूकम्पपीडितको नाम प्राधिकरणले लाभग्राही सूचीबाट हटाइएको कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका अनुसार २८ हजार ४९८ लाभग्राही सूचीमा रहेकोमा २४ हजार ५५४ ले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये जिल्लाका चारवटा नगरपालिकामा प्रथम किस्ता लैजाने २४ हजार ५४१ रहेका छन् । यो अनुपातलाई हेर्दा जिल्लामा ८५ प्रतिशत लाभग्राहीले प्रथम किस्ता लगेका छन् ।

अनुदान सम्झौता गरेकामध्येबाट नौ हजार ५६६ ले दोस्रो किस्ता र नौ हजार १२६ लाभग्राहीले मात्रै तेस्रो किस्ता लिएका छन् । यो अनुपातका आधारमा अनुदान सम्झौता गरेर दोस्रो किस्ता लैजाने ३३ प्रतिशत र तेस्रो किस्ता लैजाने ३१ प्रतिशत मात्रै रहेका छन् । निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्ताको रु ५० हजार अनुदान लिएर पनि घर नबनाउनेको सङ्ख्या भने १५ हजार ४१५ रहेका छन् ।

जिल्लाका चारवटा नगरपालिकामध्ये सूर्यविनायक नगरपालिकामा भने ६९ प्रतिशतले निजी आवास निर्माण गरेका छन् । यस नगरपालिकामा सात हजार ९९९ ले अनुदान सम्झौता गरेको छ । तीमध्ये छ हजार ९९८ ले प्रथम किस्ता, तीन हजार ६७ ले दोस्रो किस्ता र दुई हजार ९०९ ले तेस्रो किस्ताको अनुदान रकम लगेका छन् ।

भूकम्पमा सबभन्दा धेरै क्षति पुगेको निजी आवासको सङ्ख्या रहेको चाँगुनारायण नगरपालिकामा भने निजी आवास पुनःनिर्माण ३४ प्रतिशत मात्रै सम्पन्न भएको छ । यो नगरपालिकामा नौ हजार ८३५ ले अनुदान सम्झौता गरेको छ । तीमध्ये नौ हजार ८३५ ले प्रथम किस्ता, तीन हजार ९८७ ले दोस्रो किस्ता र तीन हजार ७८० ले तेस्रो किस्ता लिएका छन् ।

त्यस्तै सबभन्दा कम क्षति भएको मध्यपुरथिमि नगरपालिकामा ३१ प्रतिशतले मात्रै निजी आवास निर्माण गरेका छन् । यो नगरपालिकामा दुई हजार ८० जनाले अनुदान सम्झौता गरी प्रथम किस्ता लगेकोमा ७३८ ले दोस्रो र ७२१ ले तेस्रो किस्ताको अनुदान रकम लगेको जिल्ला कार्यालयका इञ्जिनीयर एवं सूचना अधिकृत भट्टले जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकामा भने निजी आवास निर्माणमा २२ प्रतिशत मात्रै प्रगति भएको छ । यो नगरपालिकामा पाँच हजार ६४० भूकम्पपीडितसँग अनुदान सम्झौता भएकोमा पाँच हजार ६३७ ले प्रथम किस्ता, एक हजार ८७४ ले दोश्रो किस्ता र एक हजार ७१६ ले तेस्रो किस्ता रकम लगेका छन् ।

सूचना अधिकृत भट्टले २०७६ माघ मसान्तसम्म पहिलो किस्ता, २०७७ वैशाख मसान्तसम्म दोस्रो किस्ता र २०७७ असार मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने नियम भएकाले ती अवधिमा सम्पन्न नगर्नेको हकमा रकम फिर्ता गर्ने नीति बनेको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुरका प्रमुख ध्रुव गैँडाले धेरैको जग्गासम्बन्धी मुद्दा मामिला, जग्गाको स्वामित्व विवाद, पारिवारिक किचलो भएको, पुराना बस्तीमा जग्गाको क्षेत्रफल सानो र संयुक्त रहेको, नगरपालिकाको मापदण्डअनुसार नरहेको भन्दै नक्सा पास नगर्दा समस्या आएको पाईएको बताउनुभयो ।

स्थानीय तहको नक्साङ्कन मापदण्ड पूरा नुहँदा, पहिला नै घर निर्माण भइसकेका, भग्नावेशष अझै हटाउन नसकेका, आर्थिक अवस्था निकै कमजोर भएका र सरकारले जग्गा कित्ताकाट रोक्दा जग्गा बिक्री गर्न नसकेर घर बनाउन नसक्ने धेरै रहेको पाइएको बताउँदै उहाँले केही लाभग्राहीको मात्रै अर्को स्थानमा बसोबास योग्य घर भएकाले अनुदान सम्झौता गर्न नआएको बताउनुभयो ।

भक्तपु्र नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घर बनाउने नसक्ने भूकम्पपीडितका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने र घर बनाउन पुग्ने रकमको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाभित्र अझै पनि भग्नावशेष नहट्दा र घर बनाउन नसक्नेले मर्मत गरेर भूकम्पले क्षति पुर्याएकै घरमा बस्दै आएकाले जोखिम बढेको छ ।

लाभग्राहीको सूचीमा परेर पहिलो किस्ता लिई पुनःनिर्माण नगर्नेलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले घर बनाउन लिएको रकम फिर्ता गर्न अनुरोध गर्दै आएको छ । जिल्लामा सात जना लाभग्राहीले अनुदानको रकम फिर्ता गरेका छन् ।