१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

काठमाडौंलाई गिज्याउने बाइपासको यो एक्लो घर

काठमाडौंलाई गिज्याउने बाइपासको यो एक्लो घर
अ अ+ अ-

काठमाडौं । शहरी क्षेत्रको सौन्दर्यताका लगि पछिल्ला समय साँघुरा सडकलाई फराकिला बनाउने कार्य भइरहेको छ । उपत्यकाका लगायत देशका शहरी क्षेत्रको सौन्दर्यताको लागि पनि सडक फराकिला बनाउनु जरुरी देखिन्छ ।

जसअन्तर्गतको काठमाडौंलाई नुवाकोटसँग जोड्दै त्रिशुली पुर्याउने एउटा सडकखण्ड हो– ‘पासाङल्हामु मार्ग ।’ जुन सडकको विस्तार थालिएको लामो समय बितिसक्दा बालाजु–त्रिशुली सडकखण्डको स्तरोन्नती गर्ने काम अस्तव्यस्त नै रहेको छ । लैनचैरदेखि त्रिशुलीसम्म विस्तार भइरहेको यो सडकको कुल लम्बाई ६७ किलोमिटर रहेको भने ३० मिटर चौडा बनाउने लक्ष्य लिएको छ ।

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा भारतीय ठेकेदार कम्पनी अराभली इन्फ्रा पावरसहित नेपाली कम्पनी सैलुङ कन्स्ट्रक्सनलाई सडकको स्तरोन्नती गर्ने काम दिएको छ । उक्त सडक हालसम्म ६० प्रतिशत काम सम्पन्न हुँदा पनि विभागले क्नट्याक्टरलाई जरिवाना पनि लगाएको र त्यो हद पनि नाघिसकेको छ ।

सरकारको निर्णयअनुसार १ वर्ष थपेको र सो अवधीमा ४० प्रतिशत काम सक्ने योजना रहेपनि कतिपय स्थानमा मुआब्जा विवादकै कारण घरहरु भत्काइएका छैनन् । यो सडकखण्डमा सार्वजनिक जग्गामा बनाइएको एउटा घरका कारण २ सय मिटर सडक विस्तार ठप्प भइरहेको छ ।

काठमाडौंको बालाजु बाइपास पुग्ने जो कसैले एउटा घर देखेर छक्क मात्र पर्दैनन् । उक्त घरका कारण सडक र सहर नै कुरुप भएको प्रष्ट देखिन्छ । बाइपास चोकमै नागार्जुन जंगलपट्टी रहेको यो एउटा पक्की घर । उक्त घर भत्काउनका लागि सम्बन्धित निकायले पटक–पटक प्रयास गर्दा समेत सो घर भत्कन सकेको छैन । कारण घर धनीले सर्बोच्च अदालतमा मुद्दा हालेका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्वर १६ को कित्ता नम्वर २०१ को उक्त जग्गामा घर बनाएका घर धनी भीमदेव श्रेष्ठले २०७१ पुस ३० गते नै क्षतिपुर्तिवापत ३ लाख २२ हजार एक सय ५२ रुपैयाँ लिइसकेका छन् ।

उनीसँगै १२ जनाले उपत्यका विकास प्राधिकरणबाट मुअब्जा लिएका थिए । तर मुआब्जा प्राप्त गरेका १२ जनाले नै सार्वजनिक जग्गा सरकारलाई फिर्ता दिनुको साटो प्रधानमन्त्री कार्यालयसहित सरकारी निकायहरुका विरुद्ध सर्बोच्चमा मुद्दा दायर गरेका छन् ।

यता काठमाडौं महानगरपालिकाले अबैध घर टहरा भत्काउने अभियान चलाएपनि उक्त घरलाई छुने आट गर्न सकेको छैन । केही समयअघि मात्र महानगरले ३२ वडामा अव्यवस्थित घर–टहराहरु हटाएको थियो ।

वडा ३२ को जसरी नै यो घर भत्काइदिए सडक विस्तार हुन्थ्यो कि भन्ने अपेक्षा स्थानीयवासीले राखेका छन् ।

सरकारले उक्त बाटो पिच गर्नका लागि साढे दुई करोडको ठेक्का समेत लगाएको छ । पटक–पटक कामको प्रयास गर्दा पनि अवरोध नखुलेपछि काम हुन सकेको छैन ।

यता स्थानीयले सडक विस्तार हुन नसकेपछि पटकपटक आन्दोलन समेत गर्दै आइरहेका छन् । गत आइतबार पनि स्थानीयले उक्त बाटो सफा गर्न लाग्दा घरधनीहरुले अवरोध गरेका थिए ।

यस्तै सरकारले उक्त बाटो पिच गर्नका लागि साढे दुई करोडको ठेक्का समेत लगाएको छ । पटक–पटक कामको प्रयास गर्दा पनि अवरोध नखुलेपछि काम हुन सकेको छैन ।

बालाजुको ऐतिहासिक बाइस धारा पार्क जाने मुख्य बाटोमै अवरोध भएपनि स्थानिय जनप्रतिनिधि पनि मौन देखिएका छन् । यो स्थानमा राजनीतिक रंग पनि देखिएको छ ।

जनप्रतिनिधिका तर्फबाट संघीय सरकारलाई पटकपटक पत्र पठाउँदा पनि चासो नदेखाएको बताउँछन् वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजाल ।

त्यो सार्वजनिक जग्गा हो त्यहाँ पाटी थियो पहिले

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मुआब्जा लिएर पनि सरकार विरुद्ध मुद्दा हालिएको बताउँदै उक्त स्थान सार्वजनिक जग्गा भएको बताउँछन् ।

‘समस्या समाधानका लागि आफुले पटक–पटक पहल गर्दा पनि अनावश्यक राजनीतिका कारण समाधान हुन सकेको छैन’ उनले भने, ‘त्यो सार्वजनिक जग्गा हो त्यहाँ पाटी थियो पहिले ।’

कतिपयले भने सार्वजनिक बनेको उक्त घरलाई राजनीतिक विषयसमेत बनाएको आरोप स्थानीयले लगाउने गरेका छन् ।