१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

विदेशी पर्यटकको रोजाइमा बागलुङ

विदेशी पर्यटकको रोजाइमा बागलुङ
अ अ+ अ-

बागलुङ । भ्रमण वर्ष २०२० शुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रुपमा विकसित भइ प्रचार प्रचार बढेसंगै विदेशी पर्यटकको रोजाइ बन्न थालेको हो ।

बागलुङ नगरपालिकाले विश्व भेगन अर्गनाइजेशनसँग पर्यटक भित्र्याउन संस्थागत पहल थालेको थियो । सो संस्थाको साझेदारीसँगै दुई चरणमा विदेशी पर्यटक यहाँ आइसकेका छन् । आगमी दिनमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जाने अपेक्षा समेत गरिएको छ । मङ्गलबार बागलुङ घुम्न १० क्यानेडियन र अमेरिकन पर्यटक आएका छन् । गत कात्तिकमा २१ युरोपियन तथा अमेरिकन यहाँ आएका थिए ।

सडक मार्गको बढ्दो पहुँचसंगै पदमार्ग हराउँदै जान थालेपछि विदेशी पर्यटको रोजाइ जिल्लामा पर्न थालेको हो । यहाँ आएका विदेशी पर्यटक पदमार्गमार्फत जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवास भकुण्डे जाने गर्दछन् । सो घरवासमा चिनियाँ तथा जापानिज पर्यटक हेलिकोप्टरमार्फत सोझै पुग्ने गर्दछन् । जिल्ला विदेशी पर्यटक समूहमै भित्रिन थालेपछि यहाँको होटल तथा व्यवसाय फस्टाउने अपेक्षासमेत गरिएको छ । भ्रमण वर्ष सफल गराउन सहयोग पुग्ने अपेक्षा राखिएको नगरपालिकाले जनाएको छ । जिल्लामा विदेशी पर्यटक भित्र्याएर पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नगरपालिकाले दुई वर्ष पहिला पर्यटन व्यवसायीसँगको संयोजनमा सो सस्थालार्ई पर्यटक ल्याउन प्रस्ताव पेश गरेको थियो ।

पर्यटन प्रवद्र्धन गर्न सो संस्थालाई प्रस्ताव गरेको दुई वर्षपछि यहाँ विदेशी पर्यटक भित्रन थालेको नगरपालिका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “हामीले जिल्लामा विदेशी पर्यटक भित्र्याउन दुई वर्षदेखि भेगन अर्गनाइजेशनको सुझावअनुरुप सडक मर्मत, पदमार्ग तथा पर्यटकीय क्षेत्रको विकास ग¥यौँ”, उहाँले भन्नुभयो, “संस्थाको सल्लाहअनुसार पर्यटक आउने वातावरण सिर्जना गरेपश्चात् भ्रमण वर्षलाई लक्षित गरी विदेशी पर्यटकहरु आइरहेका हुन् ।” प्रमुख पौडेलका अनुसार जिल्लामा विदेशी पर्यटकहरुको सङ्ख्या क्रमशः वृद्धि हुँदै जाने अपेक्षा गरिएको छ ।

पहिलोपटक यहाँ भित्रिएका युरोपियन र अमेरिकन पर्यटकले गण्डकी प्रदशेकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्र कालिका मन्दिर, बजार, घरवास भकुण्डे, मूलाबारी भ्य ूटावर लगायतको अवलोकन गरेका थिए । निकै खुशी भएर फर्केपछि जिल्लामा दोस्रोपटक सोही स्थान घुम्न क्यानेडियन र अमेरिकन पर्यटक आएका टे«किङ व्यवसायी महादेव शर्माले जानकारी दिनुभयो । विश्व भेगन अर्गनाइजेशन अमेरिकाका अध्यक्ष ज्याकले जिल्लाको पर्यटक प्रवद्र्धनमा निरन्तर पहल गरिरहनु भएको जनाइएको छ ।

अन्तर्राष्ट्रियजगत्मा जिल्लालाई चिनाउन विश्व भेगन अर्गनाइजेशनमा समावेश हुनु पर्यटन व्यवसायीहरुका लागि खुशीको कुरा भएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।