१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

केक चार्टर गर्नुभन्दा प्रधानमन्त्री ज्यु औषधीको चार्टर गर्नुहोस् : नेपाली कांग्रेस

केक चार्टर गर्नुभन्दा प्रधानमन्त्री ज्यु औषधीको चार्टर गर्नुहोस् : नेपाली कांग्रेस
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापनाका लागि पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेसका सांसदहरुले मन्त्री संलग्न भएको भनिएको घटना लगायतका पछिल्ला घटनाबारे सदनलाई स्पष्ट पार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजेन्द्र कुमार केसीले पुर्व सञ्चारमन्त्री संलग्न भएको भनिएको ७० करोड कमिसन लगायत पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । आफ्ना कामको जस लिन लामो समय लिन सक्ने सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको भनिएको ७० करोडको कमिसनको भिडियो सामाग्रीका बारेमा जवाफदेही नभएको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले भन्नुभयो “आफ्ना जस लिन २/२ घण्टा रोष्टम कब्जा गर्ने प्रधानमन्त्री जी आज यत्रो ठुलो काण्डै काण्ड मच्चिता उहाँले जवाफ दिनु पर्ने कि नपर्ने ? ”

सांसद रामबहादुर विष्टले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना प्रकरणमा पुर्व संञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटा र बिजय मिश्रबीच ७० करोडको भ्रष्टाचार सम्बन्धि अडियो टेप सार्वजनिक भएको धेरै दिन भईसक्दा पनि सरकारले सदनलाई स्पष्ट नभनेको भन्दै यसबारे सत्य तथ्य जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रंगमति शाहीले नेपाल वायु सेवाको उडान बन्द हुँदा कर्णालीबासी समस्यामा परकेो भन्दै उडान सुचारु गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल नपाएर ज्यान गुमाएरका हुम्लाका जनताको माया लागेन भनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री ज्यु तपाईले बर्थ डेको केक बोक्ने हेलिकोप्टर चार्टर गरेर खर्च गर्न अलिकति पनि तपाईलाई अप्ठ्यारो लागेन ? यही जाडोमा सिटामोल नपाएर हुम्लामा १४ जनाले ज्यान गुमाउनु पर्यो । सुत्केरी हुन नसकेर महिलाहरु छटपटाई मर्नु पर्यो । बरु केक चार्टर गर्नुभन्दा औषधीको चार्टर गरेर त्यो हेलिकप्टर हुम्ला पठाईदिउँ, जनता बचाउनुपर्छ भनेर अलिकति पनि तपाईलाई माया लागेन ?’

“एन एले फ्लाईट नगरेको ३ महिना भयो । अब मैले सरकारको बाहुलीमा विन्ति चढाउन पर्ने भयो । एन ए को जहाज नेपालगञ्जमा नाईट स्टप राखेर कर्णालीमा दिनको एक फ्लाईट राखेर जनताका लागि व्यवस्था मिलाईबक्सियोस् भनी प्रधानमन्त्री ज्यूको बाहुलीमा विन्ति चढाउँछु । ”

सांसद मिना बुढाले ‘७० करोड सेक्युरिटी प्रिन्टिङ प्रेस निर्माण लगायत अरर्बौ भ्रष्टाचार भईरहदा किन चुप बस्छन् प्रधानमन्त्री ?’भनी प्रश्न गर्नुयो । उहाँले स्वाधिनता र स्वाभिमानको कुरा गरेरै नथाक्ने नेपाली दाताको आगाडि निहुरिने गरेको उल्लेख गर्दै ट्राफिक प्रहरीले लगाउने पोशाक, पञ्जा देखि प्रहरी विट दाताको सहयोगमा चलेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी शुन्य समयमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

सांसद बिमला नेपालीले आफ्ना संसदीय दलका नेता शेर बहादुर देउवाले भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक लगायत भुभागलाई तत्काल नेपालको नक्सामा पार्न सरकारलाई दिएको ऐक्यवता कार्यान्वयन हुन नसकेकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिन बहाहदुर विश्वकर्माले तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित श्रीकृष्ण विडारीको घरमा डेरा गरि बस्ने कैलाली धनगढी निवासी दिपा नेपालीलाई दलित समुदायकी भएको थाहा पाएपछि घरवेटीले घर खाली गर्न भनी यातना दिने गरेको भन्दै संविधानको धारा २४ र जातिय भेदभाव र छुवाछुत कसुस सँजाय ऐन अनुसार कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद भवानी प्रसाद खापुङले कालाबजारी, कमिसनखोर, तस्कर, हत्यारा र भ्रष्ट्राचारीहरुले धमिराले आए जस्तो मुलुकलाई भित्र भित्र खोक्रो बनाईरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश्वरजंग गहतराज अथकले बाँकेको राप्ती सोनारी र नरेन्द्रपुर गाउपालिकाको विद्युतिकरणको लागि ग्रामिण विद्युतिकरणको ठेक्का पाएको श्री उस्मा गौरी पार्वति जेविले ४६ लाख मोबिलाईजेसन रकम लिएर पनि हालसम्म काम सुरु नगरेको भन्दै सो कम्पनीलाई कारवाही गरी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मिना पाण्डेले उपसभामुख चयनमा भईरहेको ढिलाई प्रति सभामुख र सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले महिला उपसभामुख हुने कारणले नै उपसभामुख चयनमा सदन बेखबर भएर बसेको हो ? भनी प्रश्न गर्नुभयो ।

सांसद मोहन बाँनियाले सडक देखि सदनसम्म भ्रष्टाचारको विषयले चर्चा पाएको भन्दै भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले आग्रह पुर्वाग्रह नगर्ने र कारवाहीका लागि खुट्टा नकमाउने भन्दै सरकारको बचाउ गर्नुभयो ।

सांसद यज्ञराज सुनुवारले मंगलबारको बैठकमा ५८ जना मात्रै सांसद भएकाले र कोरम नपुगेका कारण बैठक स्थगित गर्नुपरेको उल्लेख गर्दे कुन दलको कुन कुन सांसद सुरु देखि अन्तिम सम्म बसेको वा नबसेको बारे फेयरिस्त राख्न सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजबहादुर बुढा क्षेत्रीले काठमाण्डौको सवारी जामको सही व्यवस्थापन गर्न सरकारकोे गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो ‘काठमाण्डौका सडकहरुमा गाडीको जाम र गाडी भित्र मान्छेको जाम, दुवै तिर जाम नहुनुपर्ने हो यो विरोधाभाष कसरी भयो यसमा सरकारको ध्यान जाओस् । ’

सांसद लक्ष्मणलाल कर्णले विभिन्न किसिमका चेकजाँचले मधेसको व्यापार संकटमा परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले भन्नुभयो “मधेसमा अब विजनेस व्यापार गर्ने हो कि होइन यो सरकारको नीति के हो म बुझ्न चाहन्छु । मधेसको बोर्डरमा केही सामान लग्यो भने बीचमै समातिन्छ । भैसिको व्यापार गर्न पनि दिईदैन । हुदा हुदै आलु पनि इण्डियन हो भनेर समाति राखेको छ ।”

बाह जिल्लाको सिम्रौनगढबाट व्यापारका लागि लगिदै गरेको आलु वरियारपुर इण्डियन आलु भनी रोकेको उल्लेख गर्दै उहाँले इण्डियन र नेपाली आलुको नमुना देखाईदिन सरकारसंग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ नेपाली आलु कस्तो हुन्छ इण्डियन आलु कस्तो हुन्छ नेक्ट बैठकमा मलाई देखाईदिन म अनुरोध गर्छु । र मधेसको व्यापार यस किसिमबाट रोक्नु हुदैन । ”