१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग

अलपत्र हुलाकी सडकखण्ड अघि बढाउन माग
अ अ+ अ-

सर्लाही । सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण विगत लामो समयदेखि अलपत्र अवस्थामा छाडिएको भन्दै सर्लाहीका सरोकारवालाले तत्काल अघि बढाउन माग गरेका छन् ।

जिल्लाका सर्वपक्षीय संयन्त्रको बैठकले जिल्लाको पूर्वी सिमाना सङ्ग्रामपुरदेखि पश्चिम सिमाना बलरासम्मको हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र सञ्चालन गर्न माग गरेका हुन् । फागुपूर्णिमासम्म पनि सडक निर्माणको काम अघि नबढाए चरणबद्ध आन्दोलनमा उत्रने सरोकारवालाले घोषणा गरेका छन् ।

तत्काल सडक निर्माणको काम अघि बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाइ ध्यानाकर्षण गराइएको प्रदेशसभा सदस्य अशोक यादवले बताउनुभयो । आफूहरुको माग सुनुवाइ नभए आन्दोलनको कार्यक्रम अघि बढाउन सांसद, स्थानीय तहका प्रमुख, नागरिक अगुवालगायत सम्मेलित सङ्घर्ष समितिसमेत गठन गरिएको यादवले बताउनुभयो ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीको अध्यक्षता एवं सर्लाही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेन्द्रराय यादवको प्रमुख आतिथ्यतामा हुलाकी सडकबारे छलफल गर्न सर्वपक्षीय बैठक बसेको हो । सर्वपक्षीय बैठकमा जिल्लाबाट निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्य, पूर्वपश्चिम तथा भित्री हुलाकी सडकमा पर्ने विभिन्न स्थानीय निकायका प्रमुख, सडक कार्यालय जनकपुर र चन्द्रनिगाहपुर रौतहटका प्रतिनिधिको बीचमा छलफल भएको हो ।

सदरमुकाम मलङ्गवा हुँदै भारतीय सीमासँगै जोडिने जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा नागरिकले वर्षायाममा हिलो र हिउँदमा धुलोको मार खेपी रहनुपरेको छ । सर्लाही खण्डको हुलाकी सडक निर्माणको काम तत्काल अघि बढाउने व्यवस्था मिलाई दिन आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग आग्रह गरेको सर्लाही क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोद साहले बताउनुभयो । आफूले हुलाकी सडकको अवस्थाबारे निरन्तररुपमा मन्त्री नेम्वाङ र मन्त्रालयका जिम्मेवार कर्मचारीलाई ध्यानाकर्षण गराइरहेको सांसद साहको भनाइ छ ।
यस्तै पूर्व पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रिफ्रेस सेन्टर राखिएको छ । प्रधानमन्त्री स्वारोजगार कार्यक्रमको आर्थिक सहयोगमा लालबन्दी नगरपालिका–६ का वडाध्यक्ष उज्जवलकुमार कार्कीको विशेष पहलमा रिफ्रेस सेन्टरमा राखिएको हो ।

लामो दूरीका सवारीसाधन, चालक र यात्रुका लागि आराम गर्न सहज होस् भन्नका लागि रिफ्रेस सेन्टर राखिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । सेन्टरमा निःशुल्क इन्टरनेट सेवासमेत शुरु गरिएको छ ।

केन्द्र सरकारले सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गर्ने लक्ष्य अघि सारेपछि लालबन्दी नगरपालिका–६ ले आफ्नो वडाभित्रका विभिन्न चार सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरेको हो । वडा कार्यालयले पूर्व पश्चिम राजमार्गअन्तर्गत जनवादी चोक, शिवमन्दिर, लेकाली चौर र राधाकृष्ण खेल मैदानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरेको हो । बेरोजगार युवा फुर्सदिला हुँदा विभिन्न अनैतिक क्रियाकलापमा लाग्ने भएका कारण निःशुल्क इन्टरनेट सेवाबाट अमानवीय तथा अनैतिक क्रियाकलाप घट्ने उद्देश्यका साथ निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको वडा नम्बर ६ का वडाध्यक्ष कार्कीले बताउनुभयो ।

आजको युग सूचना र प्रविधिको युग भएका कारण पनि युग अनुकूल सुहाउँदो प्रविधिको प्रयोग गर्न सकेमात्र व्यक्ति समाज र राष्ट्रको विकास हुने भएकाले पनि प्रविधिको प्रयोगमा युवा तथा नगरवासीलाई सहजताका लागि निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । रिफ्रेस सेन्टरमा सुविधा सम्पन्न शौचालय र शुद्ध पिउने पानीको समेत व्यावस्था गरिएको छ ।

रिफ्रेस सेन्टरमा आराम गर्दालगायत गाडी कुरेर बस्दाको पट्यार लाग्दो समयमा निःशुल्क इन्टरनेट सेवाको प्रयोगले केही राहत महसुस हुने भएका कारण पनि चोकमा र रिफ्रेस सेन्टरलाई पहिलो प्राथमिकता दिएर निःशुल्क इन्टरनेट सेवा जडान गरिएको उहाँले बताउनुभयो ।

सुविसु कम्पनीको इन्टरनेट वडा कार्यालयको पहलमा कूल रु ६० हजार लागतमा २४ सैँ घण्टा चलाउन मिल्ने ३० एमविपिएस क्षमता भएको अनलिमिटेड निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको हो । जिल्लाका केही स्थानमा निःशुल्क इन्टरनेट सेवा शुरु गरिएको भए पनि ती स्थानबाट गुणस्तरीय सेवा प्रवाह हुन नसकेको गुनासो आइरहेको छ । यद्यपि निःशुल्क इन्टरनेट सेवाबाट स्थानीय लाभान्वित हुनेछन् ।