७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
सांकेतिक तस्बिर
अ+ अ-

जेरुसलेम। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।

प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ।

शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, बालबालिकालाई विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइनेछ ।”

शिक्षामन्त्री योभ किस्चले भन्नुभयो, “यो नीति ‘इजरायल र विश्वभरको अध्ययन साथै स्वस्थ र सुरक्षित शैक्षिक वातावरणको लागि इजरायली मन्त्रालयको प्रतिबद्धतामा आधारित छ, जसको उद्देश्य विद्यार्थीहरूको फोनको प्रयोगको नकारात्मक प्रभावलाई कम गर्नु हो।”

प्रतिबन्धको कार्यान्वयनसँगै कक्षा कोठामा शैक्षिक कार्यक्रम र अभिभावकसँगको संवादमा सन्तुलित फोनको प्रयोग गर्न सिकाउन, सामाजिक सञ्जालको अत्यधिक प्रयोग (बालबालिकाद्वारा) रोक्न र उमेरको अनुपयुक्त सामग्रीको जोखिम कम गर्न सकियोस् भन्ने हो ।

अबदेखि तत्कालै पनि विद्यालयहरूले उनीहरूको विद्यालय परिसरमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्न सक्दछन् तर सरकारी प्रतिबन्ध फेब्रुअरी २ देखि लागु हुनेछ।

सेप्टेम्बरमा स्कूल वर्ष सुरु भएदेखि नगरपालिकाको निर्णयमार्फत तटीय क्षेत्र तेल अभिभका सबै विद्यालयहरूमा स्मार्टफोनमा प्रतिबन्ध लगाइएको छ।

अष्ट्रेलिया र फ्रान्सलगायत कैयौँ देशले विद्यालयमा मोबाइल फोनमा यस्तो प्रतिबन्ध लगाइसकेका छन् । संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा शिक्षा निकाय युनेस्कोका अनुसार सन् २०२४ को अन्त्यसम्ममा विश्वभरका ४० प्रतिशत शिक्षा प्रणालीमा विद्यालयमा स्मार्टफोनको प्रयोगमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लगाइएको थियो । यो सन् २०२३ सम्म ३० प्रतिशत मात्र थियो।  (रासस/एएफपी)