१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

उपसभामुख चयनका विषयमा दलहरु मौन, नेताहरुमा आरोप प्रत्याराेप

उपसभामुख चयनका विषयमा दलहरु मौन, नेताहरुमा आरोप प्रत्याराेप
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् ।

गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन दखिएका हुन् । सत्तारुढ दल नेकपाका नेताहरुले सभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएको छ । भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताउनुभयो । नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उहाँले बताउनुभयो । उहाँले राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सभामखु चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताउनुभयो । फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधान अनुसार उपसभामुखको चयन प्रकृया चाँडो सुरु गर्न आग्रह गर्नुभयो । उहाँले उपसभामुखमा उम्मेदवारी दिने वियायमा कांग्रेसले अहिले सम्म केही नसोचनेको बताउनुभयो । अरु दलहरुपनि यसका लागि दावेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै बडुले कांग्रेसले केही नसोचेको बताउनुभएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले उपसभामुख कसलाई दिने भनने कुरा सरकारले निर्णय गर्ने बताउनुभयो । अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उहाँले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताउनुभयो । सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उहाँले बताउनुभयो ।

सभामुखमा सापकोटा निर्वाचित भएपनि उपसभामुखको विषयमा अहिलेसम्म कुनै प्रकृया अगाडी बढ्न सकेको छैन् ।