१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउने

संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउने
अ अ+ अ-

काठमाडौं । रक्षा मन्त्रालयले नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिशनमा खटाउने तयारी गरिरहेको जनाएको छ ।

उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले बुधबार मन्त्रालयमा आफ्नो कार्यकालको दुई वर्षको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघको शान्ति सेनामा १० प्रतिशत सेना खटाउन संयुक्त राष्ट्रसंघसँग कुरा गरिरहेको बताउनु भएको हो । उहाँले विदेशी मिसनमा जाँदा नेपाली सेनाले पनि नेतृत्व तहमा जिम्मेवारी पाउने विषयमा समेत राष्ट्रसंघसँग छलफल भइरहेको जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघ शान्ति सेनामा नेपालबाट ५ हजार १ सय जना सैनिक अधिकृत र जवानहरुको सहभागिता रहेको छ । उहाँले नेपाली सेनालाई शान्ति मिसनमा पठाउँदा नेता तथा मन्त्रीका आफन्तले प्राथमिकता पाउने गरेको उल्लेख गर्दै त्यसको अन्त्य गर्नका लागि ‘शान्ति सेना छनौट कार्यविधि’ तयार गरिएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले ऐतिहासिक किल्ला, स्तम्भहरुको रक्षा गर्ने कामको सुरुवात समेत गरेको बताउनुभयो । उहाँले पछिल्लो समय सिमा क्षेत्रमा ऐतिहासिक किल्ला तथा स्तम्भहरु संकटमा परेको भन्दै सेनाले रक्षा गर्ने कामको सुरुवात गर्न लागेको बताउनुभयो ।

त्यस्तै दुई वर्षको अवधिमा रक्षा मन्त्रालयले नीतिगत तथा कानूनि सुधारतर्फ उल्लेख्य कामहरु गरेको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा नीति २०७३ लाई परिमार्जन गरी राष्ट्रिय सुरक्षा नीति २०७५ पारित भएको, राष्ट्रिय सुरक्षा विधेयकलाई अगाडी बढाइएको, सैनिक ऐन २०६३ मा रहेका नमिल्दा कुराहरुलाई संशोधन गरीएको लागयतका नीतिगत सुधारका कामहरु गरेको बताउनुभयो ।

यसबाहेक सुरक्षा सम्बन्धी उच्च अध्ययन अनुसन्धान प्रतिष्ठानको रुपमा ‘नेशनल डिफेन्स युनिर्भसिटी’ स्थापना गर्ने प्रकृयालाई रक्षा मन्त्रालयले अगाडी बढाएको छ । त्यसका लागि संस्थागत संरचना निर्माणको कम सुरु भइसकेको र पूर्वाधार विकासको काम अगाडि बढाउन लागिएको जानकारी उहाँले दिनुभयो । त्यस्तै राष्ट्रिय गौरव तथा राष्ट्रिय महत्वका विभिन्न सडक आयोजनाहरु निर्माणका कामहरु गरेको तथा विकास निर्माणका लागि विस्फेटक पदार्थ उत्पादन गर्ने कामलाई पुनः सुरु गरिएको उहाँले बताउनुभयो । उक्त काम मकवानपुरको सुनचुरीमा भइरहेको छ । त्यस्तै नेपाली सेनाले २०७५ साल चैत २७ गते रातको समयमा आएको आँधी, हुरीका कारण बारा र पर्सामा भएको क्षतिमा विपदमा परेका जनताहरुलाई पुनस्थापना गर्नका लागि नेपाली सेनाले घर निर्माण गरी हस्तान्तरण गरेको बताउनुभयो । त्यस्तै सुर्खेतमा नेपाली सेनाको पश्चिम एयर बेस स्थापना भएको छ । यसबाहेक सेनाले खेलकुदतर्फ पनि उल्लेखनिय प्रगति गरेको छ । नेपाली सेनाले भर्खरै सम्पन्न भएको साफ गेममा २६ खेल मध्ये २१ खेलमा सहभागिता जनाई २३ वटा स्वर्णपदक जित्न सफल भएको छ । त्यस्तै नेपाली सेना ‘इन्टरनेशनल मेलिटेरी स्पोर्टस् काउन्सिल’को सदस्य बन्न सफल भएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिनुभयो । उक्त काउन्सिलमा अहिलेसम्म १ सय ४० राष्ट्रका सैनिक संगठन सदस्य रहेका छन् ।