१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित)

चीनलाई उपहार दिएको ‘साेल्टी’ गैंडा मर्याे

चीनलाई उपहार दिएको ‘साेल्टी’ गैंडा मर्याे
अ अ+ अ-

काठमाडाैंः चीन सरकारलाई उपहार स्वरुप दिइएको २ जोडी गैंडामध्ये एउटा गैंडाको मृत्यु भएको छ । गत वर्षको भदौमा चीनको सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितीनी’ गैंडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

नेपालले ‘सोल्टी’ र ‘मितीनी’ भन्दा पहिले ‘रुपसी’ र ‘भद्र’ नामको एक जोडी गैँडालाई चिमे लङ सफारी पार्कमा पठाएको थियो । अरु गैंडाको अवस्था ठिक भएपनि सोल्टी गैंडा भने मरेको विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

उनका अनुसार सोल्टि गैंडाको मृत्युबारे अनुगमन गर्न नेपाली टोली त्यसतर्फ जाने तयारी भएपनि कोरोना भाइरस संक्रमणको त्रासका कारण टोली त्यता जान सकेको छैन ।

नेपाल र चीन सरकारबीच वन्यजन्तु संरक्षणमा वैज्ञानिक सहयोग आदानप्रदान गर्नुका साथै दुबै देशवीच सुमधुर सम्बन्ध कायम गर्ने उदेश्यले मन्त्रपिरिषदको २०७३ असार २६ गतेको निर्णयले चीनलाई २ जोडी एक सिंगे गैैंडा उपहार दिने निर्णय गरेको थियो ।

गैंडा प्रदान गर्ने सम्बन्धमा तत्कालिन वन तथा भू–संरक्षण मन्त्रालय र चीनको तत्कालिन द स्टेट फरेष्टि एड्मिनीष्ट्रेसकाबीच सन् २०१७ अप्रिलमा सहमती पत्रमा हस्ताक्षर भएको र २५ जुन २०१८ मा नेपाल सरकार र चीन सरकारबीच सम्झौता भएको थियो ।

एकसिंगे गैंडा विश्वकै लोपोन्मुख प्रजाति हो । यो नेपाल र भारतमा मात्र पाइन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइन्थ्यो ।

नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जमार्फत भारत , चीन , अमेरिका , जर्मनी , बंगलादेश , बेलायत , जापान , अष्ट्रिया लगायतका बिभिन्न देशमा २८ वटा गैँडा उपहारस्वरुप पठाइसकेको छ । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ गैँडा छन् । बर्दिया र शुक्लाफाँटामा गरी यसको संख्या ४० छ । (नेपाल वातावरण पत्रकार समूहद्वारा संचालित हाकाहाकी अनलाइनबाट साभार)